उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।
स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख पुर्याउने प्रस्ताव सम्भव भएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताउनुभएको छ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
एकजना गम्भीर घाइते हुनुभएको छ। मंगलबार अपरान्ह सवा चार बजे अचानक आगलागी हुँदा ६२ वर्षीय जयप्रकाश राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक)बेनिलाल साहले बताउनुभयो।
एसपीए कैलाली प्रिमियर लिग (एसपीए केपीएल) आगामी माघमा हुने भएको छ ।
धार्मिक महत्त्व बोकेको वृद्ध गंगा नदी तटमा मनाइने छठ पर्वको अवसर पारेर धार्मिक शोभा यात्रा इटहरीमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ।
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा. सुरेशप्रसाद आचार्य सिफारिस हुनुभएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा उहाँलाई सिफारिस गरेको हो ।
अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब दुई सय बङ्लादेशीहरू अझै बेपत्ता रहेको बताइएको छ । जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार सो कुरा बताउनुभएको हो ।
नेपाली अलराउन्डर कुशल मल्लको कीर्तिमान तोड्ने जान निकोल लोफ्टी–इटनलाई चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अनुबन्ध गरेको छ ।
शको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ ।
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् ।
अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वाड नम्बर ८ खालमा ट्याक्सी दुर्घटना भएको हो ।
एक साता अघि काठमाडौँमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोलीकी सदस्य पूजा रानालाई गृहजिल्लामा सम्मान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताउनुभयो ।
स्याङजाको वालिङ नगरपालिका–११ का वडा सदस्य ताराप्रसाद पराजुलीको निधन भएको छ। फोक्सो सम्बन्धी समस्याबाट पीडित ५९ वर्षीया पराजुलीको मंगलबार निदन भएको हो।