इजरायली सेना (आईडीएफ)ले सोमबार सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएर आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट साझा गर्दै आईडीएफले भन्यो, “आईडीएफल सिरियामा हिजबुल्लाहको गुप्तचर मुख्यालयसँग सम्बन्धित आतङ्ककारी लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो ।’’
इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ ।
तिहारको समापनसँगै मिथिलाञ्चल क्षेत्रमा छठ गति गुन्जिन सुरु भएको छ । ‘दसैँको सोह्रौं सुकराती, सुकराती छब्बे छैठ’ अर्थात् विजयादशमीको सोह्रौं दिनमा पर्ने तिहार पर्छ भने तिहारको छैटाैं दिनदेखि छठ पर्व सुरु हुन्छ ।
हिँउदमा पनि पानी परेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि पानी प्रशस्त परेपछि उत्पादनमा असर नपरेको केन्द्रले जनाएको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि मङ्गलबारदेखि सुरु भएको छ । चतुर्थीका दिन आज बिहान वर्तालुले स्नान गरी एक छाक खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताउनुभयो ।
वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसिसिसी०का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९०मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको छ ।यही नोभेम्बर ११ देखि २२ तारिख (कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ । उहाँले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्नुहुनेछ ।
नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर कमिटीले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नगरप्रमुख उम्मेदवार प्राडा शिवशरण महर्जनलाई सर्वसम्मत निर्णय गरेको छ ।
केही वर्षअघिसम्म घरमा खानका लागि मात्र खेती गरिने कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने अदुवा अहिले विदेश निर्यात हुन थालेको छ ।
जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको कात्तिक १७ गते शनिबार एक वर्ष पूरा भएको छ ।
खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि महिलाहरू पनि सार्वजनिक सवारीसाधन हाँक्न थालेका छन् ।