नयाँ संविधान जारी भई राज्य पुनर्संरचना भएपछि कृषि विकासका लागि कृषि प्रसार सेवा प्रवाहको मूल दायित्व स्थानीय सरकारको रहने गरी व्यवस्था भयो । स्थानीय सरकार कृषकको समीपमा रहने भएकाले यस्तो व्यवस्था गरिएको हो ।
विसं २००७ पछि बाहिरी मुलुकसँग जोडिन थालेको नेपाल विसं २०६२/६३ को शान्ति प्रक्रियापछि संसारसँग झन् नजिकिएको छ ।
श्रीलङ्कामा २०८१ साल असोज ५ (२१, सेप्टेम्बर २०२४) मा राष्ट्रपति पदका लागि निर्वाचन सम्पन्न भयो ।
काटेर खेतमै सुकाएको धानको पाँजा रुझेपछि स्याङ्जाका कृषक चिन्तित बनेका छन् । सोमबार अपराह्न परेको बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्याएको हो । वर्षाले भित्र्याउन ठिक्क परेको धानको पाँजा रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारी दिएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मङ्गलबार बिहानीपख पोखरीमा कार खस्दा दुई जना बेपत्ता भएका छन् ।
नेपालको न्यायसम्बन्धी अधिकार संविधान अन्य कानुन र न्यायका मान्य सिद्धान्तबमोजिम अदालत र न्यायिक निकायबाट प्रयोग गरिने संवैधानिक व्यवस्था छ ।
साहित्यकार होमनाथ खत्री (होम दिम्माली) द्वारा रचित ’आत्मिकी अन्धकार’ नामक कवितासङ्ग्रह लोकार्पण गरिएको छ ।
अग्रज कलाकार तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति के. के. कर्माचार्यको जीवनीमा आधारित बालचित्र कथा ‘हिलोमा फुलेको फूल’ को पहिलो भाग लोकार्पण भएको छ ।
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देशभर प्रदर्शनमा आएको छ ।
चलचित्र ‘होस्टेल रिटर्न्स’ मा ‘पिके डन’ को नामबाट चर्चा बटुलेका रङ्गकर्मी प्रदीप चौधरी १० वर्षको अन्तरालपछि चलचित्र ‘सत्यवीर’ बाट अभिनयमा फर्किने हुनेभएको छ ।
तिहार पर्वमा ढाकाका कपडाबाट बनेका सामग्रीको व्यापार बढेपछि व्यवसायी उत्साहित बनेका छन् । अन्य समयभन्दा तिहारका बेला ढाकाको कपडाबाट बनेका सामग्रीको व्यापार उच्च रहेको व्यवसायी बताउँछन् ।
दूरसञ्चार सेवाको अनुमतिपत्र समाप्त भएका विदेशी लगानीका सेवाप्रदायकलाई पुनः अनुमतिपत्र दिने बाटो खुला भएको छ ।
सिमकोट गाउँपालिका–७ डाँडाफयाँका पशुवस्तुमा अज्ञात रोगको सङ्क्रमण देखिएको छ । केही दिनयतादेखि डाँडाफयाँ, थाया, जबुका गाउँलगायतका चौपायमा अज्ञात रोग देखिन थालेको स्थानीयले बताएका छन् ।
त्रिशूली नदी र त्यसका सहायक नदीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने २२० केभी क्षमताको चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नेपाल–चीनबिच विद्युत् व्यापारका लागि समेत यो प्रसारण लाइन प्रयोग गर्ने सरकारको योजना छ ।
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।