• १२ पुस २०८१, शुक्रबार

सत्यवीरमा पिके आक्रामक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २० गते । चलचित्र ‘होस्टेल रिटर्न्स’ मा ‘पिके डन’ को नामबाट चर्चा बटुलेका रङ्गकर्मी प्रदीप चौधरी १० वर्षको अन्तरालपछि चलचित्र ‘सत्यवीर’ बाट अभिनयमा फर्किने हुनेभएको छ । एक कार्यक्रमबिच प्रदीपको तस्बिरसहितको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा प्रदीप रगत पोतिएको बन्चरो लिएर आक्रामक दृश्यमा देखिनुभएको छ । उहाँको पाखुरामा चोटको निसान देखिन्छ भने अनुहारमा रगतको छिर्का छ । 

गडरेज पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा विराज खड्काको निर्देशन रहने छ । आदेश सुब्बा निर्माता रहनुभएको चलचित्रको मङ्सिरबाट सुरु हुने निर्माण पक्षले जनाएको छ । चलचित्रमा ४० प्रतिशत दृश्य भिएफएक्स रहने र बाँकी ६० प्रतिशत दृश्य भने काठमाडौँ र चितवनमा खिचिने छ, निर्देशक खड्काले बताउनुभयो ।