केही वर्षअघिसम्म घरमा खानका लागि मात्र खेती गरिने कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने अदुवा अहिले विदेश निर्यात हुन थालेको छ ।
जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको कात्तिक १७ गते शनिबार एक वर्ष पूरा भएको छ ।
खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि महिलाहरू पनि सार्वजनिक सवारीसाधन हाँक्न थालेका छन् ।
निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन नगरपालिकाले अनुरोध गरेको छ ।
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्व उपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ । लामिछाने र जोशीको बयान सकिए पनि अनुसन्धानका अरू काम बाँकी रहेकाले म्याद थपका लागि उपस्थित गराउन लागिएको हो ।
बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि सडक किनारमा रहेका करिब सात हजारभन्दा बढी रुख काट्न सडक विभागले स्वीकृति दिएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मङ्गलबार पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।
पर्वत जिल्ला अस्पतालले आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको साढे तीन दशकदेखिको पानीको समस्या हटेको छ ।
नेपाली संस्कृति संरक्षणसँगै पर्यटन उद्योगको प्रवर्धन गर्ने उद्देश्यले पोखरामा आयोजना गरिएको भाइटीका महोत्सवमा १२ देशका ५९ पर्यटकले नेपाली दिदीबहिनीका हातबाट भाइटिका लगाएका छन् ।
शरद ऋतुमा चक्रीय अन्नपूर्ण क्षेत्र पर्यटकका लागि घुमफिर गर्ने उत्तम समय हो ।
मधेश प्रदेशका जिल्लाहरूमा तिहार सकिएलगत्तै छठको तयारी सुरु भएको छ ।
सप्तकोशी नदीमा आएको बाढीसँगै लोपोन्मुख अवस्थामा पुगेका खरमजुरको वासस्थान फराकिलो भएको छ ।
तिहारको समय पारेर सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित रानीघाटमा बसाइँ सरेर आएका लोपोन्मुख राउटे समुदाय । फिरन्ते जीवन बिताउने राउटे समुदाय मौसम परिवर्तनसँगै बसाइ सर्ने गर्दछन् ।
बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् ।
असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले छिट्टै विद्युत् उत्पादन गर्न लागेको छ ।