स्याङजाको वालिङ नगरपालिका–११ का वडा सदस्य ताराप्रसाद पराजुलीको निधन भएको छ। फोक्सो सम्बन्धी समस्याबाट पीडित ५९ वर्षीया पराजुलीको मंगलबार निदन भएको हो।
काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थनमा छठका लागि तयारी सुरु गरिएको हो ।
आँधीहुरीको सम्भावनापछि आइसिसी विश्वकप लिग–२ मा नेपाल र स्कटल्यानन्डबिचको खेल रद्द भएको छ ।
दीपावलीको सार्वजनिक बिदापछि मङ्गलबार खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७७ दशमलव ४० मा सीमित भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जानुहुने भएको छ। मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो।
गोलबजार नगरपालिका–१२ का समाजसेवी सुबोध सिंहले छठका पाँच सय विपन्न महिला बर्तालुलाई साडी प्रदान गर्नुभएको छ । छठ सामाजिक एकता र सद्भावको प्रतीक भएकाले यसलाई उल्लासमय बनाउन विपन्न परिवारका महिलालाई सहयोग गरेको उहाँले बताउनुभयो ।
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई मङ्गलबार अदालतले तेस्रो पटक म्याद थपेको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मङ्गलबार अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गर्नुभएको हो।
मनवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले लेबनानको मनवीय अवस्था बढ्दो वैमनस्यताको बिचमा बिग्रदै गएको जनाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाइते भएकाको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ।
तनहुँमा पाकेको धान खेतमै सोत्तर भएको छ । मुसलधारे वर्षाका कारण किसानले भित्र्याउन लागेको धान खेतमै सोत्तर भएको हो । जिल्लाका दश पालिकामै वर्षाले ठुलो मात्रामा असर पारको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिनुभयो । पेट दुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आउनुभएका उहाँले धेरै ठाउँमा उपचार गर्दा पनि ठिक नभएपछि यहाँ उपचार गर्न आएको बताउनुभयो ।
खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरु आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ ।
प्रहरीले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नै आमाको हत्या गरेको आरोपमा जिल्लाको रोसी गाउँपालिका–३ का २८ वर्षका फुर्साङ लामालाई सार्वजनिक गरेको हो।
नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषदमा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गर्नुभएका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र आज त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई मङ्गलबार हस्तान्तरण गरिएको छ ।