• १८ पुस २०८१, बिहिबार

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

blog

तस्बिर : एफपी

न्यूयोर्क, कात्तिक २० गते । मनवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले लेबनानको  मनवीय अवस्था बढ्दो वैमनस्यको बिचमा बिग्रदै गएको जनाएको छ । 

यस क्षेत्रको स्वास्थ्य सेवाले निरन्तर आक्रमणको सामना गरिरहेको र कर्मचारी तथा स्रोत अभावले लेबनानको नाजुक स्वास्थ्य पूर्वाधारमा थप तनाव आइरहेको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताउनुभएको छ । 

उहाँले दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको टेबिन सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणले अस्पतालमा क्षति पुर्‍याउँदा दर्जनौं मानिस घाइते हुनुका साथै अस्पतालमा क्षति पुर्‍याएको जनाउनुभएको छ । 

सन् २०२३ अक्टोबरदेखि लेबनानमा भएका स्वास्थ्य केन्द्र लक्षित ६० वटा आक्रमणमा ११० जना स्वास्थ्य सेवाकर्मीको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

उहाँले लेबनानमा संयुक्त राष्ट्रसङ्घका सैन्यलगायतका सुविधाहरू अझै पनि आक्रमणबाट प्रभावित रहेको पुष्टि गर्दै राष्ट्रसङ्घको शान्ति सेनाहरूको रक्षा गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

सन् २०२३ अक्टोबरदेखि लेबनान इजरायली आक्रमणको सिकार भएको छ, तर सेप्टेम्बर २०२४ को अन्त्यदेखि लेबनानमा रासस/क्यूएनए