पश्चिम नेपालको तराई जिल्ला बाँके थारु लोक संस्कृति र सभ्यताका निकै धनी मानिन्छ । थारु संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले बाँकेको बैजनाथ गाउँपालिकामा दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवर्धन तथा प्रवर्धन कार्यक्रम हुने भएको छ ।
सुन्तला पाकेर दाना पहेलो हुने समयमा गुल्मीका सुन्तला कृषकका बोटमा पहेलै देखिने रोग देखा परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैचामा बोट पहेलो देखिने रोग देखा परेको हो ।
लहान नगरपालिकाको उत्तर पूर्वबाट बग्ने खुटी खोलामा छठ पर्व मनाउन घाट सजाउनका लागि लहान नगरपालिकाले सात लाख सहयोग गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी शनिश्चरे–१० शिविरडाँडाबाट शनिश्चरे बजार– गान्धी आश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग पाँच वर्षदेखि लथालिङ्ग छ ।
सङ्घीय सरकारका पूर्वकानुन तथा संसदीय व्यवस्था मामिलामन्त्री सिराहा–३ का सांसद तथा नेकपा (एमाले) मधेश प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठले निर्वाचनको समयमा जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्धन गर्ने भएको छ ।
चाडपर्वको समयमा घोराही उपमहानगरपालिका–१४, झिगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । अन्य समयमा मादलको कारोबार खासै नहुने भए पनि दसैँतिहारमा भने बिक्री राम्रो हुने गरेको बताउनुभयो ।
यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छ भने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ ।
गुल्मीमा १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएका छन् । जिल्ला हुलाक कार्यालय गुल्मीको मातहत
पर्वतका अधिकांश ग्रामीण सामुदायिक क्याम्पसमा पढ्ने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दो छ । विद्यार्थी घटेसँगै सामुदायिक क्याम्पसको अस्तित्व नै सङ्कटमा परेको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको कागबेनीधाममा दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान र तर्पण दिन देशका विभिन्न जिल्लाका साथै भारत तथा अन्य मुलुकबाट धार्मिक तीर्थालु आउने गरेका छन् ।
तारकेश्वर नगरपालिका–२ को देवीस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा फहराइरहेको नेपालको राष्ट्रिय झण्डा । झण्डा पार्कमा उपत्यकाको दृश्य अवलोकन गर्न र झण्डा हेर्न पर्यटक आउने गर्छन् ।
नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहन जस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ अछामको सहयोगमा साँफेबगर नगरपालिका ४ मष्टामाडौँमा हातेमालो बहुउद्देशीय सहकारी संस्थाले मल्चिङ प्रविधिको प्रयोगबाट गरेको आलुखेती ।
काभ्रेपलाञ्चोकमा रहेको धुलिखेल अस्पतालले आफ्नो इतिहासमा पहिलो पटक ‘डुअल चेम्बर पेसमेकर’ को सफल प्रत्यारोपण गरेको छ ।