भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित हुनुभएको छ ।
सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा सूचीकृत भएको छ ।
फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताउनुभएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–११ तल्लो धनसरी निवासी ६६ वर्षीय गोविन्दनाथ अधिकारीको बुधबार करेन्ट लागेर मृत्यु भएको छ ।
तिहारका लागि बालिएका झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको बुधबार बिहान बत्ती निकाल्ने मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।
लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा बायर लिभरकुसनविरुद्ध सहज जित निकालेको छ ।
तिहार सकिएसँगै जिल्लामा अहिले सराएँ मेलाको रौनक छ । तिहारको भोलिपल्टदेखि सुरु हुने सराएँ मेला करिब १५ दिनसम्म विभिन्न ठाउँमा लाग्ने गर्दछ ।
नोभेम्बर १० मा हुने विश्व क्योकुशिन कराते फुल कन्ट्याक्ट प्रतियोगितामा भाग लिने नेपाली खेलाडीहरु जापान प्रस्थान गरेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिकास्थित मोहना नदीलाई छठ पूजाको लागि तयार पारिएको छ ।
नवलपुरमा बोटबाटै सुन्तला बिक्री हुन थालेपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्न थालेका छन् ।
अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित निकट पुग्नुभएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ ।
पर्वत जिल्ला अस्पतालले स्वास्थ्य सेवाको सुधारसँगै सौन्दर्यता परियोजना ल्याउने भएको छ । जिल्ला अस्पतालको मुहार फेर्नका लागि अन्तर्राष्ट्रिय पर्वत समाजले ३५ लाख रकमको आर्थिक जोह गरी परियोजना निर्माण गरेको हो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।
अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो ।