नेपाल बाल साहित्य समाजले २०७९ सालको ८ वर्ष मुनिका लागि नयाँ बनपाले (चित्रकथा) लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले देशको स्थिरताका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको बताउनुभएको छ ।
अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् ।
ताप्लेजुङस्थित गैर सरकारी संस्था महासङ्घ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले खड्गविक्रम सुवेदी अध्यक्ष रहेको १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सुनसरीमा देशकै सबै भन्दा ठुलो नदी सप्तकोशी नदीसहित यहाँका दर्जन बढी जलाशयमा छठ पूजाका छठ घाट निर्माण गरिएको छ।
मिथिलासहित तराई/मधेशका जिल्लाहरूमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको हो ।
नेपालगन्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष ०८०/०८१ मा एक हजार ९४ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएको छ।
समुद्री सतहदेखि चार हजार मिटर उचाइमा रहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत खाम्बचेमा पछिल्लो समय हिमपात नहुँदा सुक्दै गएका खोला।
सामा–चकेवा मैथिली संस्कृतिको महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबिचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ ।
नेपालमा डेंगु सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताउनुभयो ।
मकवानपुरको मनहरीमा बेहोस भएका एक युवकको मृत्यु भएको छ । मनहरी गाउँपालिका ३ लामिटारमा आफ्नै घरमा बेहोस हुनुभएको प्रकाश राईको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले पदबाट बुधबार राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
काठमाडौँमा फर्निचर व्यवसाय गर्दै आउनुभएका रितबहादुर श्रेष्ठ परिवारसहित मङ्गलबार पुर्ख्याैली थातथलो गौशाला ९ स्थित भरतपुर आइपुग्नुभएको छ ।