• १० मंसिर २०८१, सोमबार

मिथिलासहित तराई/मधेशका जिल्लामा छठको रौनक

blog

छठका लागि फलफूल र मिठाइ किन्नेहरूको भिड । तस्बिर : न्युज एजेन्सी नेपाल

जनकपुरधाम, कात्तिक २१ गते । मिथिलासहित तराई/मधेशका जिल्लाहरूमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको हो ।

जनकपुरधाममा छठका लागि फलफूल र मिठाइ किन्नेहरूको भीड देख्न सकिन्छ । साथै छठका लागि चाहिने आवश्यक सामग्री खरिद गर्नेहरूको भीड पनि त्यत्तिकै रहेको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।