• ८ मंसिर २०८१, शनिबार

धनप्रसाद पण्डित इजरायलका लागि राजदूत नियुक्त

blog

प्रा. धनप्रसाद पण्डित । फाइल तस्बिर

काठमाडौँ, कात्तिक २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका उपसचिव एवम् सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार संविधानको धारा २८२ उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।