सभामुख देवराज घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेस्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपियाँ पुगेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ ।
अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई रोक्न सिपमूलक तथा रोजगारमूलक शिक्षामा जोड दिइएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जानुभएका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारीमाथि लागेको मानव तस्करीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सामाजिक सञ्जाल एवं भिडियो प्लेटफर्म टिकटक औपचारिक रूपमै नेपालमा सूचीकृत भएको छ ।
यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो ।
कास्कीको पोखरा महानगरपालिका २२ पुम्दीकोटस्थित महादेवको दर्शन तथा अवलोकन गर्न पुगेका पर्यटकहरु ।
चौबिसे गाउँपालिका धनकुटाको राजारानीमा रहेको रानी ताल यस क्षेत्रको प्रमुख गन्तब्य हो । गाउँपालिकाको वडा ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिव एकसय ५० रोपनी क्षेत्रफलको यो ताल पर्यटकको गन्तव्य बनेको छ ।