छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सभामुख देवराज घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेस्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपियाँ पुगेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ ।
अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई रोक्न सिपमूलक तथा रोजगारमूलक शिक्षामा जोड दिइएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जानुभएका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारीमाथि लागेको मानव तस्करीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सामाजिक सञ्जाल एवं भिडियो प्लेटफर्म टिकटक औपचारिक रूपमै नेपालमा सूचीकृत भएको छ ।