गत असोजको दोस्रो साता अविरल वर्षापछि आएको बाढीपहिरोबाट धेरै क्षति भएको बागमती प्रदेशका विभिन्न जिल्लामा विपत्बाट भएको धनजनको क्षतिको विवरण अझै बागमती प्रदेश सरकारसमक्ष पुग्न सकेको छैन ।
सङ्घीय र प्रदेश सरकारले सुनिश्चित गरेको बजेट नपठाएपछि मोरङको रङ्गेली –३ स्थित बाबुसाहेब टोलका अग्निपीडित २२ घरपरिवार अझै छाप्रो मुनि बसिरहेका छन् ।
समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट ९एमाले०को सचिवालय बैठक भोलि हुँदैछ ।
धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ ।
भूमण्डलीकृत विश्वमा सांस्कृतिक आदानप्रदान विस्तार हुँदै जानु विशिष्ट अवसर जस्तै भएको छ । वर्तमान विश्वमा मानिस अवसरको खोजीमा आफ्नो थातथालो छोड्नु कम रहर र बढी बाध्यता हो ।
‘महाराज’ नभनेर सिधै ‘तँ’ भनेपछि राणा न्यायाधीश हरिशमशेरले गणेशमान सिंहलाई हजार कोर्रा हान्न आदेश दिए । छ सय कोर्रा जिउमा बर्सिउन्जेल त उहाँले सहनुभयो त्यसपछि भने बेहोस भएर ढल्नुभयो ।
सूचना प्रविधिको क्षेत्रमा भइरहेको दु्रततर विकासले संसारभरका नागरिकले क्षणभरमै विभिन्न घटनाबारे जानकारी पाइरहेका छन् । सूचना प्रविधि विकास प्रक्रियाका विभिन्न आयामलाई उजागर गर्ने माध्यम बनेको छ ।
अजरबैजानको बाकुमा यही कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसिसीका पक्ष राष्ट्रहरूको सम्मेलन कोप–२९ हुँदै छ ।
नेपाली बृहत् शब्दकोष अनुसार सङ्ग्रहालय भन्नाले प्राचीन महत्वका दुर्लभ र अनौठा वस्तु बटुलेर राखिने ठाउँ वा घर भनेर परिभाषित गरिएको छ ।
लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् ।
एनपीएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले मुस्ताङको लोमान्थाङ पुगेर जर्सी सार्वजनिक गर्नुभएको हो ।
तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
नेपाल बालसाहित्य समाजले २०७९ सालको आठ वर्षमुनिका लागि नयाँ बनपाले (चित्रकथा) लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको छ ।
पोखरेली लोकपप रक ब्यान्ड कन्दरा आफ्नो ३२ बर्से यात्रामा पहिलो पटक काठमाडौँमा गुञ्जिँदै छ ।
मेक्सिकोमा सम्पन्न वाइल्डलाइफ कन्जरभेसन चलचित्र महोत्सवमा पत्रकार प्रदीप पोखरेलद्वारा निर्देशित वृत्तचित्र स्नो लियोपार्डले ‘अनरेवल मेन्सन अवार्ड’ जितेको छ ।