• २६ मंसिर २०८१, बुधबार

स्नो लियोपार्ड पुरस्कृत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २३ गते । मेक्सिकोमा सम्पन्न वाइल्डलाइफ कन्जरभेसन चलचित्र महोत्सवमा पत्रकार प्रदीप पोखरेलद्वारा निर्देशित वृत्तचित्र स्नो लियोपार्डले ‘अनरेवल मेन्सन अवार्ड’ जितेको छ । महोत्सवमा बेलायत, अमेरिका, क्यानडा, अस्ट्रिया, फ्रान्स, रुस, मेक्सिको, नेदरल्यान्ड, अस्टे«लिया, नर्वे, स्पेन, जर्मनी, भारत, पाकिस्तान, थाइल्यान्डलगायत दर्जनौँ देशका चलचित्रले प्रतिस्पर्धा गरेका थिए । सबै चलचित्र र वृत्तचित्र वन्यजन्तु संरक्षणसम्बन्धी कथामा आधारित थिए ।

अक्टोबर २४ देखि २७ सम्म भएको महोत्सवमा नेपाली संरक्षणकर्मी डा. सोम आलेले नेपालको हिउँचितुवाको संरक्षण कार्यमा गरेको सङ्घर्ष देखाइएको छ । वृत्तचित्रको सम्पादन ईश्वर कोइराला र सङ्गीत संयोजन सलिल सुवेदीले गर्नुभएको छ ।