• २८ पुस २०८१, आइतबार

‘नयाँ बनपाले’ सर्वोत्कृष्ट कृति

blog

काठमाडौँ, कात्तिक २३ गते । नेपाल बालसाहित्य समाजले २०७९ सालको आठ वर्षमुनिका लागि नयाँ बनपाले (चित्रकथा) लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको छ । सर्वोत्कृष्ट कृति मूल्याङ्कन समितिद्वारा गरिएको सिफारिसलाई समाजले सर्वोत्कृष्ट गरेको हो । समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले इन्द्र चौधरीको ‘नयाँ बनपाले’ लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको जनाएको छ । नयाँ बनपाले ‘रुम टु रिड’ ले प्रकाशन गरेको हो । बालसाहित्यकार चौधरीका अन्य बालकथामा ‘ढोला फर्कियो त’ ?, ‘कपासको घोडा’ रहेका छन् । चौधरीका रानाथारू जातिमा प्रचलित लोककथा तथा ‘मिथक र टिपटिप’ (रानाथारू लोककथा) पनि प्रकाशित छन् । 

समाजले आठ वर्षमाथिका लागि सिर्जना राईको ‘साङ्केनको खुल्दुली’ ‍(चित्रकथा) लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको छ । ‍२०७८ सालको सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फको पुरस्कार आठ वर्षमुनिका लागि कवि मित्रलाल पङ्ज्ञेनीको ‘नानी र चरी’ (बालकाव्य) र आठ वर्षमाथिका लागि उपन्यासकार हरि खनालको ‘आमा’ (बाल उपन्यास) घोषित भएको छ । त्यसै गरी चित्राङ्कन पुरस्कार, २०७८ का लागि कलाकार कलाग्रज ‘बिको बाघसँग जम्काभेट’ (चित्रपुस्तक) र २०७९ का लागि कृषा ताम्राकारको ‘यस्मरी’ (चित्रपुस्तक) लाई प्रदान गरिने घोषणा गरिएको छ ।