नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परासहितको पर्व कृषिको क्षेत्रमा उच्च रहेको बताउनु एको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले कला, साहित्य र संस्कृतिसँग नजिक भए मात्र मानिसको जीवन पूर्ण हुने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिका वडा नम्बर ५ नयाँचोकमा शुक्रबार मध्याह्न १२ बजे ना ४ च ६९५१ नम्बरको बलेरोले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीत हरेक नेपालीहरुको मनमनमा गुञ्जिरहन्छ सदाबहार । गीतले भनेको जस्तै सधैँभर हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रमुख शहरी चुनौती सम्बोधन गर्न संयुक्त राष्ट्रसंघ र यूएन ह्याबिटेटसँग थप सहकार्य गरिने बताउनुभएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सिमामा पर्ने वसाँगुमा आयोजित द्वितीय मेला खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधि फेदायप गाउँपालिका तेह«थुमले जितेको छ ।
रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट कात्तिक २२ गते सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको समन्वयमा दुई दिने शिविर शुक्रबारबाट सुरु भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ ।
चमेलिया नदीबाट ५६ मेगावाट बिजुली उत्पादन गरेर चर्चामा आएको निजी क्षेत्रको अपी पावर कम्पनीले पछिल्लो समय विद्युत गहृभित्र मिनरल वाटर उद्योग खोलेर दैनिक २० हजार लिटर पानी प्रशोधन गरी बजारमा बिक्री गर्न सुरु गरेको छ ।
एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुईवटा उद्धार विमान नेदरल्याण्ड्स पठाउने निर्देशन दिनुभएको छ ।
खोटाङमा सिकार खेल्नसँगै जङ्गल गएका साथीले हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । साथीले मृगलाई भनेर हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीका ५८ वर्षीय जगतप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो ।
जाजरकोटमा दुई वटा पालिकामा हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार टुङ्गो लगाउन थालेका छन् । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका ७ को वडा अध्यक्ष पदमा हुन गई रहेको उपप्रमुख पदका लागि सबै दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुङगा नगर कमिटीको अध्यक्षमा राजेन्द्र पाण्डे निर्वाचित हुनुभएको छ । बिहीबार राति सम्पन्न दोस्रो नगर अधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित भएको एमाले गुल्मीले जनाएको छ ।
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।