• २६ पुस २०८१, शुक्रबार

धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति उच्च : महामन्त्री थापा

blog

नेपाली कांग्रेस महामन्त्री गगन थापा गढीमाईको पूजा गर्नुहुँदै । तस्बिर : शिवशंकर मिश्र

शिवशंकर मिश्र
बारा, कात्तिक २३ गते ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परासहितको पर्व कृषिको क्षेत्रमा उच्च रहेको बताउनुभएको छ ।

बाराको प्रसिद्ध धार्मिकस्थल गढीमाई मन्दिरमा शुक्रबार बिहान पूजा गर्न आउनुभएका महामन्त्री थापाले आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

महामन्त्री थापाले गढीमाईको महत्त्व अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको हुँदा यसवर्ष लाग्ने गढीमाईको पञ्चवर्षिय मेला तथा यहाँको धार्मिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक सहयोगका लागि पर्यटन मन्त्रालयलाई आग्रह गर्नुभयो ।

उहाँले आफू यसपटक जनकपुरका साथै वीरगञ्जको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै चर्चित घडिअर्वा छठघाट पोखरीको आज बिहान सपरिवार स्थलगत अवलोकन गर्ने अवसर जुटेकोमा खुशी व्यक्त गर्दै आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौँको कमलपोखरीमा समेत भव्यरुपमा छठ पर्व मनाइने संस्कार बढ्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘देशभित्रका विभिन्न जाति, भाषा, धर्म र संस्कृतिलाई बुझेमात्र देश विकासको अवस्था बुझ्न सकिने बताउनुभयो ।

तराई मधेशमा भव्यरुपमा मनाइने धर्म, संस्कृतिसहितको प्रायः सबै पर्व कृषिमा आधारित रहेकाले मुलुक विकासमा लैजानुको साथै मधेशको विकास अति आवश्यक रहेको भन्नुभयो ।

छठ पर्वसहितको स्थानीय रीतिरिवाजमा सम्मिलित हुन मैले मधेशको महत्त्वलाई बुझ्न परिवार आएको भन्नुभयो उहाँले भ्रमणको क्रममा जनकपुर, वीरगञ्ज, कलैया, सिम्रौनगढ र गढीमाईसहितको क्षेत्र मधेशका लागि अन्नको भण्डारको पहिचान राखेकाले मधेशका कृषिका समस्यालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिनुभयो ।