सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको हो । उद्यपी, घटनाको एकिन विवरण आउन बाँकी छ ।
झापाको गौरीगञ्ज गाउँपालिका ३ ठेकी टोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा आफू समर्पित भएर लागिपर्ने बताउनुभएको छ ।
नेपाली चलचित्र “अग्निदहनको” प्रचारप्रसार पोखराबाट सुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण पक्ष जुटेको हो ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर ढुङ्गा हानाहान भएको छ। केबलकार निर्माण पक्ष र विरोध गर्ने पक्षबिच ढुङ्गा हानाहान भएको हो ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफूले निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा संसदीय सुनुवाइको क्रममा उहाँले संविधान र कानुनले दिएको जिम्मेवारी निर्भयताका साथ निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताउनुभएको हो ।
राष्ट्रिय परिचयपत्र लिन नआउँदा जिल्ला प्रशासन कार्यालय तनहुँलाई व्यवस्थापनमा सकस भएको छ। अधिकांशले लिन नआउँदा सङ्ख्या बढीरहेकोले थन्काएर राख्न कठिन भएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्न अग्रसरता देखाउनुभएको छ ।
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो ।
धनगढी उपमहानगरपालिकाले एक वर्षमा नगर क्षेत्रका चारसय ६६ परिवारलाई दाहसंस्कार खर्च दिएको छ । उपमहानगरपालिकाले दाउरा खरिदका लागि विपन्न परिवारलाई पाँच हजार रुपियाँका दरले दाहसंस्कार खर्च दिएको हो ।
हिउँदमा धुलो र बर्षामा हिलोको मार खेप्दै हैरानी व्यहोर्दै आएको स्थानीयहरुका लागि सडक कालोपत्रे भएपछि खुशी बनेको छन् ।
मोरङको ग्रामथान गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी टुङ्ग्याएको छ ।
सुनसरीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरिएको छ । १२ वर्ष अगाडि झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका कैदी विनायक यादवलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।
पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास– घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् ।
कावासोतीका पाँच जना कृषक मिलेर बनाएको वडा प्रवर्द्धन प्रतिष्ठानले चार कट्ठा जग्गामा लगाएको सयपत्री फूलबाट गत वर्षको तिहारमा १० क्वीन्टल उत्पादन दियो । तर अवैध रुपमा भित्रिएका भारतीय फूलले नेपाली कृषक मारमा परे ।