• २८ पुस २०८१, आइतबार

सडक कालोपत्रे भएपछि स्थानीय खुसी

blog

कालोपत्रे हुँदै गरेको नारायण नगरपालिका ३, ४ र ५ को केन्द्र भैसिखोर, देसिगाडे बजार खण्ड ।

बिशाल सुनार

दुल्लु, कात्तिक २३ गते । हिउँदमा धुलो र बर्षामा हिलोको मार खेप्दै हैरानी व्यहोर्दै आएको स्थानीयहरुका लागि सडक कालोपत्रे भएपछि खुशी बनेको छन् । 

जमुनाह नाकालाई चिनको तिव्वतसँग जोड्ने सवैभन्दा दु्रतमार्ग मानिने यो सडक दैलेख बजारसम्म कालोपत्रे भएको ढेड दशक भइसकेको छ । सडक बिस्तर भएको २५ बर्ष पुग्नै लाग्दा पनि स्तर उन्नतिको काम हुन सकेको थिएन । 

दैलेख बजार महाबुलेक–गाल्जे भट्टाडी–रताडा–नाग्म–गमगडी–नाक्चेनाग्ला त्रिदेशीय सडक आयोजना अन्तर्गत खुर्सानीबारी–भइसिखोर खण्डमा सडक सुधार र कालोपत्रे आयोजना अन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेको छ । यद्यपि अन्य खण्डमा भने अपेक्षाकृत काम हुन सकेको छैन । 

दैलेखकै उत्तर क्षेत्रमा पर्ने महावु र नौमुले गाउँपालिकालाई जोड्ने मुख्य मार्ग समेत रहेकाले पनि अन्तरपालिका सञ्जाललाई जोड्न सडक स्तरउन्नतिले महत्व राख्ने स्थानीयको बुझाइ छ । 

कालोपत्रको काम चलिरहँदा उत्साहि भएर हेरिरहनुभएको स्थानीय बीरबहादुर टेलर भन्नुहुन्छ “सडक यसरी आउला भन्ने सोकेका पनि थिएनौं, आयों र कालो पनि भयो, हामी निकै खुशी छौँ ।” त्यस्तै, ४० बर्ष पहिलेदेखि व्यापार व्यवसाय गर्दै आउनुभएका रामप्रसाद दाहाल भन्नुहुन्छ, “छिटोभन्दा छिटो यही बाटो भएर जुम्ला जान पाउँ, बन्द व्यापार चलाउन पाउँ ।”

सदरमुकामदेखि कालिकोटको सिमानासम्म करिव ४२ किलोमिटर सडक खण्डमा पाँच खण्ड बनाएर काम चलिरहेको छ । जसमध्ये पहिलो चरणमा खुर्सानीबारी–भैसीखोर सडक खण्डलाई कालोपत्रे र स्तरउन्नति थालिएको छ । पहिलो चरणमा खुर्सानीबारी खण्डमा ९ सय मिटर र दोस्रो भैसीखोर बजार खण्डमा ११ सय मिटर गरी २ किलोमिटर कालोपत्रे हुने आयोजना प्रतिनिधिले जनाएको छ । 

संघीय सरकारको भौतिक योजना तथा पूर्वाधार मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय सुर्खेत र आजीवन जीटि पिएस जेभिविच आव २०७९–८० मै सक्नेगरी कुल ६ करोड ५३ लाख ९८ हजारमा सम्झौता भएको थियो । भौगोलिक समस्याका कारण समयमा काम सम्पन्न हुन नसक्दा एक बर्ष म्याद थप भएअनुसार कामलाई गति दिएको सवइन्जिनियर सागर गौलीले बताउनुभयो । 

“आर्थिक गतिबिधि खस्कँदै र धमाधम सटर बन्द हुँदैगएको अवस्था छ ।  दैलेखको उत्तरी जिल्लासँगको सम्वन्धलाई पुनः जोड्ने सन्दर्भमा एक खुड्किलो भएकोे उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर बिकले बताउनुभयो । साथै बाँकी खण्डमा काम अघि बढाउन र आवश्यक बजेट प्रवन्ध गर्न समेत सरकारको ध्यानाकर्षण गर्नुभएको छ । 

दैलेख सदरमुकाम हुँदै महावुलेक हुँदै उत्तर कर्णालीका जिल्ला कालिकोटको पूर्वी क्षेत्र, जुम्ला, मुगु हुँदै चीनसँग जोडिने सडक मार्ग भएकाले पनि निकै महत्वका साथ हेरिएको छ ।