• २६ पुस २०८१, शुक्रबार

उपनिर्वाचन : जाजरकोटमा उम्मेदवार छनोट गर्दै राजनीतिक दल

blog

सहदेव बस्नेत

जाजरकोट, कात्तिक २२ गते । जाजरकोटमा दुई वटा पालिकामा हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार टुङ्गो लगाउन थालेका छन् । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका ७ को वडा अध्यक्ष पदमा  हुन गई रहेको उपप्रमुख पदका लागि सबै दलहरुले उम्मेदवारको टुङ्गो  लगाएका छन् ।

नेपाली कांग्रेसका सभापति खडक बीसीले नलगाड नगरपालिकामा नेपाली कांग्रेसले उपप्रमुखको उम्मेदवारका लागि इन्द्रा चन्द (सिंह)को नाम टुङ्गिएको जानकारी दिनुभयो । यस्तै, कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनको उम्मेदवार खम्बबहादुर सिंह छनोट भएको बीसीले जानकारी दिनुभयो । 

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि देबका लामिछानेको नाम टुङ्ग्याएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक टेकबहादुर रावलले बिहीबार बसेको मओवादी केन्द्रको बैठकले सर्वसहमत रुपमा लामिछोको नाम टुङ्गो लगाएको बताउनुभयो । साथै कुशे गाउँपालिका वडा नं ७ को वडा अध्यक्षका लागि भोलीसम्म टुङ्गो लाग्ने रावले जानकारी दिनुभयो ।

यस्तै, नेकपा (एमाले)ले नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि सुनिता बोहोराको नाम टुङ्गो लगाएको छ । एमालेका जिल्ला अध्यक्ष नरेन्द्र शाहीले सर्वसहमत रुपमा टुङ्गो लगाएको बताउनुभयो । साथै कुशे ७ को वडा अध्यक्षका लागि एमालेले डम्बरबहादुर घर्तिको नाम टुङ्गो लगाएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

एमालेबाट उम्मेदवार रहनु भएकी बोहोरा यस अघि २०७४ र २०७९ मा एमालेको तर्फबाट उपप्रमुख पदमा उम्मेदवार भई पराजित हुनु भएको हो । 

नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको ०८० कात्तिक १७ गते  भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त थियो । यस्तै, कुशे–७, का वडाध्यक्ष मनबहादुर घर्तिको ०७९ असारमा मृत्यु भएको थियो ।