• १५ वैशाख २०८१, शनिबार

भाँचिएको खुट्टाको उपचारका लागि सहयोगको माग

blog

भाँचिएको खुट्टा बिग्रिएर अपाङ्ग जीवन बिताई रहेकी बिक । तस्बिर: राजन

राजन रावत

हुम्ला, चैत ४ गते । सिमिकोट गाउँपालिका–७ को डाँडाफया गाउँकी एघार वर्षकी बालिका घरको छतबाट लडेर दायाँ खुट्टा भाँचिएकी माया विकको उपचारका लागि सहयोग उठ्न सुरु भएको छ ।  आर्थिक अभावले विकको उपचारमा समस्या र विकद्वारा सहयोगको लागि याचना भन्ने सामाजिक सञ्जालमा आएपछि सहयोग जुट्न सुरु भएको हो । 

विकको वास्तविक अवस्थाका बारेमा अपाङ्गता भएको फोटो सामाजिक सञ्जालमा ल्याउन भएका सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष बोहराले विकको आर्थिक अवस्थाले उपचारमा समस्या भन्ने कुरा बाहिर आएको बाह्र घण्टा मै सहयोग जुट्न सुरु भएको बताउनुभयो । विकको उपचारका लागि सहयोग जुटाउने कार्यमा पूर्व सचिव भीम उपाध्यायले समन्वय गरी रहनु भएको छ । बोहराले हालसम्म एक लाख ६२ हजार छ सय रुपियाँ सहयोग जुटेको जानकारी आफूलाई आएको बताउनुभयो । यो सहयोग विभिन्न तीस जना व्यक्तिहरूले पाँच सयदेखि बिस हजारसम्म सहयोग गर्नु भएको छ ।

सहयोग गर्ने कार्य राजी रहेको छ । साथै विकको उपचार बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र हुने खबर अस्पतालबाट आएको उहाँले बताउनुभयो । अब जिल्लाबाट एक जना कुरुवा सहित बालिकालाई काठमाडौँ लग्ने तयारी गरिएको छ ।  अपाङ्ग बिक काठमाडौँ जान, बस्न, खाना, उपचार गर्न सबै सहयोग जुटाएरै गरिनेछ । 

डाँडाफया गाउँका बल्जित बिककी एघार वर्षकी छोरी माया विकले आफ्नै घरको छतमा साथीहरूसँग खेल्ने क्रममा दुई वर्ष अगाडी लडेर खुट्टा भाँचिएको थियाे । घरको आर्थिक अवस्था कमजोर भएको कारण जिल्ला अस्पतालसम्म उपचार गर्न अभिभावकले लिन नसकेको तर घरेलु उपचार गर्दा खुट्टा नै बिग्रिएको हो । बालिका विकको मुख पनि आउदैन् । विद्यालय जाने मन बालिकालाई भए पनि खुट्टाको अपाङ्ग भएको कारण हिँड्न कठिन हुनुका साथै मुख पनि नआउने भएको कारण झनै समस्या भएको हो ।