दक्षिण बागलुङको जैमिनी नगरपालिकाका दर्जनबढी विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक पदपूर्ति गर्न ‘नगर शिक्षा ऐन’ नै परिमार्जन गर्नुपरेको छ ।
बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
रुकुमपश्चिमका विभिन्न विद्यालय, स्वास्थ्य संस्था, नीजि घर र खानेपानी योजनामा पहिरोले क्षति गरेको छ । लगातारको वर्षाका कारण आएको पहिरोले केहि विद्यालय, स्वास्थ्य चौकी र नीजि आवास भत्किएका छन् भने केहि उच्च जोखिममा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कालीकोटले बिहानी सेवा सुरु गरेको छ । सेवाग्राहीको चापलाई मध्यनजर गर्दै मङ्गलबार बिहानी ८ देखि साँझ ६ बजेसम्म सेवा सुरु गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका दुई हात्ती मङ्सिरअगाडि नै कतार पठाउने तयारी गरिएको छ । सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेहुर्केका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन लागिएको हो ।
जुम्लाको स्याउ ताजा, मिठो र स्वादिलो छ । एक पटक खाएपछि सधैँ खान मन लाग्ने । चिसो हावापानीमा हुर्केर फलेको जुम्ली स्याउको स्वाद अन्यत्रको भन्दा फरक छ । यो अर्गानिक स्याउ हो । जुम्लामा यतिबेला स्याउको सिजन सुरु भएको छ ।
एकात्मक शासनपद्धतिबाट सङ्घीयतामा जान सहज थिएन, हुँदैन पनि । नेपालले विकासका नाममा अघोषित सङ्घीयताको अभ्यास त थोरै भए पनि गरिराखेकै थियो । यसले सीमान्तकृत नागरिकका समस्या सम्बोधन गर्न सकेन ।
काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
पूर्ण छात्रवृत्ति, गैरनाफामूलक प्रावधानलगायत शिक्षा विधेयक २०८० का नयाँ व्यवस्थाप्रति निजी विद्यालय असन्तुष्ट छन् । विद्यालयका चाबी बुझाउनेदेखि सांसदलाई जिल्ला प्रवेशमा रोक्ने चेतावनी उनीहरूले सार्वजनिक गरिरहेका छन् ।
जिल्ला समन्वय समिति गुल्मीले बर्सेनी वार्षिक प्रगती समीक्षा गर्ने गर्दछ । समीक्षामा जिल्लाका १२ स्थानीय तह, विकासे अड्डा, संस्थान र भूमि आयोगले समेत आफ्नो कार्यसम्पादनको अवस्था प्रस्तुत गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीन भ्रमणमा हुनुहुन्छ । उहाँ दुईपक्षीय तथा बहुपक्षीय कूटनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन जानुभएका प्रधान
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ । सोमबार राति आएको बाढीले लेलेपमा रहेको ५० किलोवाट क्षमताको लघुजलविद्युतमा बाढीले क्षति पुर्याएको हो ।
राजनीतिक दल सार्वजनिक सम्पत्ति हुन् । नागरिक समर्थन नै दलको मूल पुँजी भएकाले सार्वजनिक सम्पत्ति भनिएको हो । संसदीय राज्यप्रणालीमा दलले नै आमनागरिकको प्रतिनिधित्व गर्छन् भन्ने विश्व मान्यता छ । जनमत अभिव्यक्त गर्ने काम पनि दलकै हो ।
अठारौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा महेन्द्र पुस्तकालय नेपालगन्जले दुई जना साहित्यिक साधकलाई आइतबार सम्मान गरेको छ ।
। गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।