• १७ भदौ २०८२, मङ्गलबार

जिल्ला प्रशासनद्वारा बिहानी सेवा सुरु

blog

जिलला प्रशासन कार्यालय कालीकोटमा सेवाग्राहीको भीड । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट भदौ १७ गते ।
जिल्ला प्रशासन कार्यालय कालीकोटले बिहानी सेवा सुरु गरेको छ । सेवाग्राहीको चापलाई मध्यनजर गर्दै मङ्गलबार बिहानी ८ देखि साँझ ६ बजेसम्म सेवा सुरु गरेको हो ।

नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताका लागि अध्यवधि गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भनेपछि त्यसका लागि प्रायः वृद्धवृद्धा जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन् । उनिहरुको सहजताका लागि अर्को व्यवस्था नहुँदासम्मयो सेवा सुचारु रहने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका साहयक प्रमुख जिल्ला अधिकारी जनकप्रसाद शर्माले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै कार्यालयको सेवा अबधि बढाएको बताउनुभयो । उहाँले सेवाग्राहीको चाप नघटेसम्म यो समयमा कार्यालयबाट सेवा सञ्चालन हुने बताउनुभयो । 

सदरमुकाम मान्मबाट १८ कोष टाडा पलाँता क्षेत्रका नागरिकहरुले धेरै दुःख पाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बिहानी सेवा सुरु गर्न बाध्य भएको हो । पलाँता लगायत जताका पनि वृद्धवृद्धा राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासनमा आउने भएकाले सेवा छिटो होस भनेर बिहान ८ बजेदेखि सेवा दिन आजबाट सुरु गरेको सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका कम्प्युटर अप्रेटर उज्वलवहादुर शाहीले बिहानी सेवा सुरु हुँदा दिनको समयमा चाप कम हुने विश्वास व्यक्त गर्नुभयो ।