स्याँलेखोलाको भीषण बाढीले सुनकोशी गाउँपालिका–३,४ र ५ नम्बर जोड्ने पक्की पुल बगाएको छ । असार १५ गते रातिको भीषण वर्षातले स्याँलेखोलामा आएको बाढीले पुल बगाएको हो ।
जाजरकोट सदरमुकाम खलङ्गामा पहिरोको जोखिम बढ्दै गएको छ । भेरी नगरपालिका–३ र ४ का विभिन्न ठाउँमा पहिरो खसेपछि स्थानीय त्रसित भएका छन् । भूकम्पले चर्किएको जमिनमा अविरल बर्सातका कारण पहिरोको जोखिम बढ्दै गएको छ ।
चिनियाँ पक्षले दुई देशको सिमाना हिल्सामा नेपालतर्फको सडकलाई कालोपत्रे गरेको छ । यसअघि गत मङ्सिर महिनामा दुई देश जोड्ने मितेरी पुल चिनियाँ पक्षले निर्माण गरिसकेको र अब सम्झौता अनुसारको नेपालतर्फको सडक कालोपत्रे गर्ने कार्य पनि सम्पन्न गरेको हो ।
बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । हालको मनसुनमासमेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ ।
सल्यानमा किसान, कृषि सहकारी तथा नागरिक समाजका प्रतिनिधि, कृषिविज्ञ एवं अन्य सरोकारवालाको प्रत्यक्ष सहभागितामा कृषि ऐन निर्माण हुन लागेको छ ।
सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख देखिएको छ । पछिल्लो समय समुदायका मानिसमा संरक्षणसम्बन्धी बढेको चेतना, गिद्धलाई असर गर्ने विषादी निषेधलगायत कारणले गिद्धको अवस्था सुधारोन्मुख भएको हो । विगतमा धेरै देखिएको गिद्ध बिचमा हराउन थालेका थिए तर समुदाय सचेत हुनुका साथै संरक्षणसम्बन्धी गतिविधि बढेपछि फेरि गिद्धको ‘कोलोनी’ यत्रतत्र देखिन थालेको छ ।
स्थानीय तहले औषधी खरिदमा अनियमितता गर्ने गरेको पाइएको छ । बैतडीका १० वटा स्थानीय तहले ऐन कानुन मिचेर खुला प्रतिस्पर्धा नगरेर सोझै औषधी खरिद गर्ने गरेको, बजेट टुक्रा गरेर औषधी किन्ने गरेको, औषधीको उत्पादन मिति, ब्याच र नेपाल गुणस्तर चिह्न यकिन नभएको औषधी किन्ने गरेको पाइएको हो ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सार्वजनिक सेवामा ढिलासुस्ती र अलमल्याउने प्रवृत्ति तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा सोमबार आयोजित ‘नागरिक सन्तुष्टि र सुशासन प्रवर्धनमा सार्वजनिक निकायको भूमिका’ विषयक अन्तव्र्रिmयामा उहाँले सरकारी कार्यालयमा नागरिकले सहज, छिटो र प्रभावकारी सेवा पाउनुपर्नेमा जोड दिनुभयो । अर्यालले
छाउपडी प्रथा हटाउन सरकारले जति प्रयास गरे पनि त्यो हट्न सकेको छैन । महिनावारी (रजस्वला) भएको बेला घर छाडेर छाउगोठ बस्ने चलनले महिलाको ज्यानसमेत गइरहेको छ । तैपनि महिला सचेत भएका छैनन् । भदौ ६ गते सोही कारणले एक जना महिला र एक जना बालिकाको ज्यान गएको हो ।
गोरखामा बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्यो २६ पुगेको छ भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।
एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए ।