गौर नगरपालिका कार्यालयले मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । आइतबार रामनवमी पर्वको अवसरमा नगर क्षेत्र भित्र मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाइएको नगरपालिकाले जनाएको छ
संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय ‘युएनइपी’ काअनुसार विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
धनुषाको उत्तरी क्षेत्रका स्थानीय आँखा पोल्ने समस्याले प्रभावित भएका छन् । वायु प्रदूषणका कारण ढल्केबर, धारापानी, गोदारलगायतका स्थानमा यस्तो समस्या देखिएको हो ।
लुम्बिनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान सञ्चालन गरेको छ । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।
नवलपुर सदरमुकाम कावासोतीमा बेच्न राखेको रायोको सागमा अत्याधिक विषादी प्रयोग गरेको पाइएको छ । कावासोतीको हाट बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्याधिक मात्रामा विषादी प्रयोग गरेको पाइएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले सङ्घीय सरकारले शिक्षकका मागलाई यथोचित सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।
वासिङ्टनले यस हप्ताको सुरुमा सूचीबद्ध गरिएका दुई फ्रान्सेली विदेशी क्षेत्रमा योजनाबद्ध कर घटाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको १२ औँ जिल्ला अधिवेशन आगामी चैत २६ गते तम्घासमा हुने भएको छ ।
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा शनिबार बिहानदेखि स्वतन्त्र विद्यार्थी युनियनको मतदान जारी रहेको छ । शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिए पनि बिहान ८ः२० बाट मतदान कार्य सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
ताप्लेजुङका किसानले अर्गानिक चिया उत्पादनमा जोड दिन थालेका छन् । जिल्लाको सिरिजङ्घा गाउँपालिका–८ याम्फदिनका किसानले अर्गानिक हातेपत्ती चिया उत्पादनमा जोड दिन थालेका हुन् । हातेपत्ती चियाको माग बढेसँगै अर्गानिक उत्पादनमा जोड दिन थालेको किसानले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ ।
आधुनिक मुद्राको प्रचलन अघिनै यहाँ वस्तुहरूको विनिमय हुन्थ्यो । वर्षभरी घरायसी प्रयोजनका लागि आवश्यक सामग्रीको जोहो गर्न बागलुङ र आसपासका नागरीकको भरोसा आफ्नै घरमा उत्पादन भएका वस्तुमा नै थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिइ शनिबार) स्वदेश फर्कनुभएको छ ।
शुक्रबार राति जाजरकोटको पैंक केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमका तीन जना घाइते भएका छन् । भूकम्पको डरले भाग्ने क्रममा तीन जना घाइते भएका हुन् ।