अविरल वर्षासँगै आएको बाढीपहिराका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती) र जिप्सीको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।
आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् ।
यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काममा पालिकाले बन्देज लगाएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा अब सरकार बनाउने पालो हाम्रो पार्टीको आएको बताउनुभएको छ ।
फोहाेरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्न स्थानीय तहहरूबिच असल अभ्यास, प्रविधि र सीप आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ ।
गण्डकी प्रदेशसभाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने विशेष ऐन पारित गरेसँगै सम्बन्धित व्यक्ति र सरोकारवालाई उत्साहित बनाएको छ । यससँगै दया वा सहानुभूतिमा सीमित भएर हेर्ने पुरानो दृष्टिकोणलाई तोड्दै समान अवसर, आत्मसम्मान र सशक्तीकरणको नयाँ युग सुरु भएको सरोकारवालाको विश्वास छ ।
गण्डकी प्रदेशको ’लाइफलाइन’ मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक आयोजना अन्तर्गत बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,कागखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।
सोमबार प्रतितोला सुन दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला रू १५ ले बढेर रु दुई हजार ४८५ पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज यहाँ आइपुग्नुभएको छ ।
राष्ट्रिय परिचयपत्र नभई सामाजिक सुरक्षा भत्ता नपाइने भयले प्रशासनमा परिचयपत्र बनाउन आउने ज्येष्ठनागरिकको भिड लागेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको भिड लागको हो ।
पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको जनाएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिकाको तान्द्राङ टारीफाँटमा मङ्गलबार बिहान भएको बस दुर्घटनामा परी घाइते भएका सबैको परिचय खुलेको छ ।
जिल्ला अदालत बागलुङमा सरुवा भई आउनुभएकी न्यायाधीश सीता शर्मा अधिकारीलाई स्वागत गरिएको छ । अधिकारी जिल्ला अदालत बागलुङमा आउने पहिलो महिला न्यायाधिस हुनुहुन्छ ।