हिमपहिरोले खोला थुनिँदा ९० प्रतिशत जति पानी खोलामा कम भएको स्थानीयले बताएका छन् ।
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका ४९ जना मानसिक रोगीको निःशुल्क उपचार गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहूविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ ।
गृहमन्त्री रमेश लेखकलाई यहाँका दलित मुसहर समुदायले नागरिकतासम्बन्धी समस्या समाधानका लागि शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले शुक्रबार जनाएको छ ।
भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभएको छ ।
तनहुँ बस दुर्घटनाका गम्भीर घाइते १२ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । गम्भीर घाइतेमध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको हो ।
भूकम्प गएको दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताउनुभएको छ ।
इलामको सन्दकपुर गाउँपालिकास्थित जमुनामा मानव निर्मित ढाप पोखरी पानी संरक्षण र वातावरण संरक्षणमा उदाहरणीय बनेको छ । पोखरी हेर्दा अनुमान गर्न नसकिनेगरी स्थानीयले यो पोखरी संरक्षण गरिरहेका छन् ।
सङ्खुवासभा जिल्लाको गढीडाँडा बजार आसपासमा भूकम्प गएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका २ को कोबाङ गाउँमाथि धवलागिरी आइसफल क्षेत्र नजिक हिमपहिरो खसेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।