वीरगञ्जमा भदौ ६ गते शुक्रबार तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएसँगै फैलिएको झाडापखाला एवम् हैजाको सङ्क्रमण कम हुँदै गएको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सेवा प्रवाहलाई सहज बनाउँदै संस्कृति, सम्पदाको संरक्षणमा सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘प्रधानसेनापति ट्रफी’ प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ ।
अस्ट्रेलियाली सरकारले सामाजिक मर्यादा र नागरिक सुरक्षालाई मध्यनजर गर्दै प्रविधिको दुरुपयोग रोक्नका लागि आवश्यक कदम चाल्ने घोषणा गरेको छ ।
काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुस्थित टाउन प्लानिङबाट तीन करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
रेड किबीको फल उत्पादन सुरु । बर्खाकै समयमा पाक्ने यो किबी फल स्वादमा समेत फरक हुन्छ । बाहिर हेर्दा झुस नभएको काटेपछि भित्र रातो हुने हुँदा यसलाई रेड किबी भन्ने गरिन्छ । किबीका धेरै जात छन् ।
बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेस्टहाउसमा आज भएको भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कैलालीको गेटा अस्पतालमा अनशन बस्नु भएका डा. गोविन्द केसीले शरीरमा ग्लुकोजको मात्रा न्यून भएपछि अनशन तोड्नु भएको छ।
पोखरामा भदौ २० गतेदेखि सुरु हुने दोस्रो संस्करणको वत्सालय एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उद्घाटन खेलमा साविक विजेता कर्णाली कर्णाली यशविस र पोखरा निन्जाजबिच प्रतिस्पर्धा हुनेछ ।
बर्दिया अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट विगत एक वर्षदेखि बन्द रहेको छ। अक्सिजन प्लान्ट बन्द हुँदा अस्पतालमा आवश्यक अक्सिजन नेपालगञ्जदेखि ल्याउनुपर्ने बाध्यता रहेको छ।
गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति इजरायली आक्रमणमा अपार्टमेन्ट र आवासीय भवनमा १३ जनाको मृत्यु भएको जनाएको छ ।
सुडानको पश्चिमी डार्फर क्षेत्रमा भएको ‘ठुलो’ भूस्खलनले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको र कम्तीमा एक हजार मानिसको मृत्यु भएको यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले सोमबार ढिलो जानकारी दिएको छ ।
च्यासल मैदानमा मङ्गलबार भएको खेलमा छहारीले सिन्धुपाल्चोकलाई १–० गोलले हरायो । छहारीको जितमा सीमा रावलले १३औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।
इन्डोनेसियामा हिंसात्मक विरोध प्रदर्शनपछि कम्तीमा २० जना बेपत्ता भएका छन् ।
पशुहरूमा लाग्ने लम्पी स्किन सङ्क्रमणबाट नवलपरासी पश्चिममा १० वटा गाई मरेका छन् ।