रेड किबीको फल उत्पादन सुरु । बर्खाकै समयमा पाक्ने यो किबी फल स्वादमा समेत फरक हुन्छ । बाहिर हेर्दा झुस नभएको काटेपछि भित्र रातो हुने हुँदा यसलाई रेड किबी भन्ने गरिन्छ । किबीका धेरै जात छन् ।
बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेस्टहाउसमा आज भएको भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कैलालीको गेटा अस्पतालमा अनशन बस्नु भएका डा. गोविन्द केसीले शरीरमा ग्लुकोजको मात्रा न्यून भएपछि अनशन तोड्नु भएको छ।
पोखरामा भदौ २० गतेदेखि सुरु हुने दोस्रो संस्करणको वत्सालय एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उद्घाटन खेलमा साविक विजेता कर्णाली कर्णाली यशविस र पोखरा निन्जाजबिच प्रतिस्पर्धा हुनेछ ।
बर्दिया अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट विगत एक वर्षदेखि बन्द रहेको छ। अक्सिजन प्लान्ट बन्द हुँदा अस्पतालमा आवश्यक अक्सिजन नेपालगञ्जदेखि ल्याउनुपर्ने बाध्यता रहेको छ।
गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति इजरायली आक्रमणमा अपार्टमेन्ट र आवासीय भवनमा १३ जनाको मृत्यु भएको जनाएको छ ।
सुडानको पश्चिमी डार्फर क्षेत्रमा भएको ‘ठुलो’ भूस्खलनले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको र कम्तीमा एक हजार मानिसको मृत्यु भएको यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले सोमबार ढिलो जानकारी दिएको छ ।
च्यासल मैदानमा मङ्गलबार भएको खेलमा छहारीले सिन्धुपाल्चोकलाई १–० गोलले हरायो । छहारीको जितमा सीमा रावलले १३औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।
इन्डोनेसियामा हिंसात्मक विरोध प्रदर्शनपछि कम्तीमा २० जना बेपत्ता भएका छन् ।
पशुहरूमा लाग्ने लम्पी स्किन सङ्क्रमणबाट नवलपरासी पश्चिममा १० वटा गाई मरेका छन् ।
जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का महासचिव हिरोसी मोरियामाले जुलाईमा भएको विनाशकारी माथिल्लो सदनको चुनावी परिणामपछि मङ्गलबार पद त्याग्ने प्रस्ताव गर्नुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ७४१ दशमलव ९७ विन्दुमा कायम भएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिनुभएको छ ।
रसुवा जिल्लाको गोसाई कुण्ड गाउँपालिका–६, सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुई जनाको शव फेला परेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताउनु भएको छ ।