बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित प्रत्यायोजित विधायनको अध्ययन
बुकी फूल भन्नाले हिमाली क्षेत्रका पाटनमा बर्सातको समयमा फुल्ने फूललाई जनाउँछ । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । अन्यत्रको तुलनामा ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्रका पाटन चौडा र समथर रहेकाले यहाँका पाटन बढी आकर्षक र मनमोहक देखिन्छन् । बुकी फुल र चाडपर्वको सम्बन्ध बुकी फूलको सम्बन्ध ढोरपाटन र आसपासका गाउँमा मनाउने चाडबाड र धर्म, संस्कृतिसँग
पूर्वी मकवानपुरको बकैयामा सडक माथिबाट खसेको ढुङ्गा लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किँदै गर्दा बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुङ्गाले लागेर ८ वर्षीया सुष्मा थिङको मृत्यु भएको हो ।
कञ्चनपुर, भदौ ८ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ ढाँणका राना थारु समुदायका महिला खेतबाट घाँस लिएर घरतर्फ आउँदै । राना थारु समुदायका महिलाहरुले घर खर्च चलाउनका लागि बाख्रापालन गरेका छन् । तस्बिर : रासस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतमा जे जस्तो भए पनि अबदेखि बजेटको सुनिश्चित नगरी नयाँ योजनाको बोलपत्र नखोल्ने उद्घोष गर्नुभएको छ । उहाँले विगतमा हचुवाका भरमा बोलपत्र खोल्दा अहिलेसम्म धेरै योजना अलपत्र परेको बताउनुभयो । यसो हुँदा निर्माण व्यवसायी तथा सरकारमाथि दोष थुपार्ने प्रवृत्ति बढेको हुँदा अबदेखि बजेट सुनिश्चित नगरी बोलपत्र नखोल्ने अवस्थामा सरकार पुगेको बताउनुभयो । कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको पाँचौँ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री कँडेलले बजेटको सुनिश्चित नगरी योजनाको बोलपत्र खोल्दा काम सम्पन्न नहुँदै अलपत्र पर्ने गरेकाले वर्तमान प्रदेश सरकारले त्यस्तो गल्ती नगर्ने जनाउनुभयो । उहाँले विगतका योजना पूरा गरेर मात्रै नयाँ बोलपत्र खोलिने पनि बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।
विश्व सिमसार क्षेत्र घोडाघोडी जैविक विविधतासँगै धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । थारू र पहाडी समुदायका पुजारी रहने घोडाघोडी धार्मिक क्षेत्रमा मन्दिरैपिच्छे पुजारी बस्ने गरेका छन् । विशेष तिथि तथा पर्वमा भिडभाड हुने घोडाघोडी धार्मिक क्षेत्रमा टाढा टाढाबाट समेत दैनिक दर्शन गर्न धार्मिक पर्यटक आउने गर्छन् तर मन्दिरको आम्दानी भने अहिलेसम्म लेखाजोखा सार्वजनिक गरिएको पाइँदैन । घोडाघोडी धार्मिक क्षेत्रमा मुख्य गरी घोडाघोडी देवीको मुख्य मन्दिर भए पनि यहाँ शिव, विष्णु, दुर्गा भगवती, हनुमान, महोन्याल बाबाको अलग अलग मन्दिर रहेका छन् । मुख्य घोडाघोडी मन्दिर र होमकुण्ड शिव मन्दिरमा बढी भक्तजनको भिडभाड हुने गर्दछ । जनैपूर्णिमाको दिन मात्र होमकुण्ड शिव मन्दिरमा आउने दर्शनार्थीले रक्षाबन्धन बाँधेबापतको १८ हजार दक्षिणा उठेको उक्त मन्दिरका पुजारी शङ्करप्रसाद सन्ज्यालले बताउनुभयो । उहाँले सनातन धर्म संस्कृति वेदविद्या आश्रमको बैङ्क खातामा उक्त रकम जम्मा गरेको
घर डुबेपछि विस्थापित भएका कैलालीका बाढी प्रभावित घर फर्कन थालेका छन् । बाढी घटेकाले दुई दिनपछि स्थानीय आआफ्नो घर फर्कने क्रम सुरु भएको हो तर घरभित्र हिलो भएका कारण कतिपयको बास अझै सडकमै रहेको छ । अविरल वर्षाका कारण कैलालीको कैलारी गाउँपालिकासहित भजनी नगरपालिकाको अधिकांश भूभाग बुधबारदेखि जलमग्न भएको थियो । बाढी घट्दै गएपछि प्रभावितको जनजीवन केही सहज बन्न थालेको छ । मोहना, कान्द्रा, पथरैया, काँढालगायतका साना ठुला नदीनालामा आएको बाढीले डुबान गरेपछि सो पालिकाको सबै वडाका ७५० घरपरिवार विस्थापित भएका थिए । प्रभावितहरू हुलाकी राजमार्ग, सुरक्षित भवन, आफन्तको घरमा बस्न बाध्य भएका थिए । डुबानबाट भजनी नगरपालिकामा मात्रै चार हजार ३३७ घरपरिवार प्रभावित भएको जनाइएको छ ।
सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण जिल्लाको करिब चार सय हेक्टर धान खेती डुबानमा परेको छ । सीमा क्षेत्रसँगै भारतले निर्माण गरेको बजाहा बाँध, महलीसागर बाँध र सिसवा बाँधका ढोका नखोलिँदा नेपालतर्फको धान खेत डुबानमा परेको हो । वर्षाका कारण मायादेवी र यशोधरा गाउँपालिकाका एक दर्जन गाउँका साढे तीन सयभन्दा बढी कृषकको चार सय हेक्टरमा लगाइएको धान खेत डुबानमा परेको छ । तीनदेखि पाँच किमी दक्षिणका खेत पानीमा डुबेपछि धान गलेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता लागु गर्नुभएको छ । प्रदेश मन्त्रीपरिषद् बैठकबाट लुम्बिनी प्रदेश सरकार, मन्त्रीपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ लागु गर्ने निर्णय गरिएको हो । सरकारले स्वनियमनको रणनीति बनाएको हो । त्यसका लागि आचारसंहिता लागु गरिएको छ । प्रदेश राजधानीबाहिर भ्रमणमा जाँदा मुख्यमन्त्रीबाट भ्रमणको पूर्वस्वीकृति लिएर मात्र जानुपर्ने, जिल्ला भ्रमणमा जाँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई भ्रमण कार्यक्रमबारे अग्रिम जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष अन्ठानब्बे प्रतिशत बढी धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यस वर्ष जिल्लामा ९८ दशमलव ५ प्रतिशत रोपाइँ भएको हो ।
सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ ।
कास्कीमा डेङ्गुका बिरामीको सङ्ख्या वृद्धि भएसँगै पोखरामा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । सहरी क्षेत्रमा डेङ्गु पोजेटिभ बढी देखिएपछि सचेतनामूलक कार्यक्रम तीव्र पारिएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवारोग हो । यस्ता प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने हुँदा लार्भा नै नष्ट पार्नुपर्ने पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले बताउनुभयो ।