गन्यापधुरा गाउँपालिकावासीले पाँच पटक प्रधानमन्त्री हुनुभएका कांग्रेसका सभापति शेरबहादुर देउवाको पालिका पुग्ने सडक कहिले कालोपत्रे हुने भनी स्थानीयले प्रश्न गरेका छन् ।
राति दर्किएको पानी बिहान हुँदासम्म सिमसिम पर्दै थियो । कुलोमा टापी (माछा मार्ने पासो) थापेर थारू महिला लामबद्ध थिए । बिहीबार बिहान देखिएको यो दृश्य सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको हो । ग्रामीण क्षेत्र होस् वा सहर पानी प
डोजरले खनेको सडकबाट पहिरो खस्दा दुई वटा घरसहित पशुचौपाया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि ९० वर्षीय गोदावरी चन्द घाइते हुनुभएको छ । घाइते चन्दको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले बताउनुभयो ।
उच्च हिमाली क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने जोखिम बढ्दो क्रममा छ । छोटो समयमा एकै पटक होचो भूभागबाट उचाइमा जाने जोखिम मोल्दा लेक लाग्ने गरेको पाइएको हो ।
आफन्त हराएको लामो समयसम्म सम्पर्कमा नआएपछि कानुनी प्रमाण लिन अदालत जाने परिवारको सङ्ख्या पश्चिम नवलपरासीमा बढ्दै गएको छ ।
गेरुवा गाउँपालिका–२, वनघुस्रामा स्थानीय कर्णाली नदीको कटान नियन्त्रण गर्न दिनभर सक्रिय भएका छन् । उनीहरूले परम्परागत स्थानीय सामग्री जस्तै दाउरा, स्याउला, माटो, बोरा भरेको बालुवा र डोरी प्रयोग गरी गुन्टा निर्माण गरेका छन् । सुरक्षाकर्मीको सहयोगमा नदी किनारमा खसालिएको यो गुन्टाले केही हदसम्म कटान रोक्न सकेको छ तर पूर्ण रूपमा नियन्त्रणमा आउन भने सकेको छैन ।
नेपाल सरकारले सुरु गरेको सुरक्षित आवास कार्यक्रम बर्दियामा प्रभावकारी बन्न थालेको छ । यस कार्यक्रम अन्तर्गत गरिब र विपन्न परिवारका घरमा खरको छाना विस्थापित गरी टिनको छाना लगाउने काम सुरु भएको छ । स्थानीयहरू यो कदमप्रति खुसी देखिएका छन् ।
चेपाङ समुदायको मुख्य पर्व न्वागी (छोनाम) को अवसर पारेर मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ ।
कर्णाली प्रदेश सरकारले अन्तरप्रदेश जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । एक प्रदेशबाट अर्को प्रदेश आउजाउमा सहज होस् भने उद्देश्यले सडक निर्माण प्राथमिकतामा राखेको हो ।
कर्णाली कोरिडोरको हुम्ला खण्डको सडक एक दर्जन स्थानमा अवरुद्ध भएको छ । ती स्थानमा माथिबाट खसेको पहिरोले सडक पुरिने र भासिने भएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो ।
हरेका सहरमा चुनौती बनेको फोहर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।
दाङको दंगीशरण गाउँपालिका ३, चखौरास्थित थारू सांस्कृतिक संग्रहालय दाङको मुख्य गन्तव्य बन्दै गएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ ।
जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ ।