चार दिनअघि उपचारमा गएको बेला हतकडी फुस्काई फरार भएका इलाका प्रहरी कार्यालय बिर्तामोडका थुनुवा विशाल राईलाई शनिबार पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौँ तहसम्मका १२४ जना कर्मचारीको सरुवा गर्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न आह्वान गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँको घाटा व्यहोरेको छ ।
पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
एकडारा–४ स्थित सीमावर्ती गाउँ हलखोरीबाट प्रहरीले भारतबाट सीमा छली ल्याउँदै गरेको अवस्थामा ठुलो परिमाणको चाँदीका गहना बरामद गरेको छ ।
खोलामा डुबेर खोटाङमा दुई बालकको ज्यान गएको छ । विद्यालयबाट घर फर्कने क्रममा दुई बालको खोलामा डुबेर मृत्यु भएको हो ।
थाइल्याण्डको सुदूर दक्षिणमा करिब दुई दशकअघि सेनाको ट्रकहरूमा निसास्सिएर दर्जनौँ मुस्लिम प्रदर्शनकारीहरूको मृत्यु भएको मामिलामा सात अधिकारीले मुद्दाको सामना गर्नुपर्ने पीडित परिवारहरूका वकिलले शुक्रबार बताएका छन् ।
झापाको गौरीगञ्ज गाउँपालिका ३ मा एक वृद्धको कुहिएको शव फेला परेको छ । गौरीगञ्ज गाउँपालिका ३ कृपाल टोलका राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव फेला परेको हो ।
न्यु दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ ।
वर्खायाम लागेसँगै डेंगु र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ ।
भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ ।
झण्डै दुई महिनापछि रेसुङगा विमानस्थलबाट पुनः उडान सुचारु भएको छ । गत असार १४ गतेदेखि खराब मौसमका कारण रेसुङगा विमानस्थलबाट उडान हुन नसकेको नेपाल एयरलाइन्स रेसुङगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ ।