१. साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली कहिले चीन प्रस्थान गर्नुभएको हो ? विसं २०८२ भदौ १४
सहकारितामूलक सङ्घीयता १. सहकारितामूलक सङ्घीयता भनेको के हो ? नेपालले अवलम्बन गरेका सङ्घीयताका विशेषता उल्लेख गर्दै सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम तहगत समन्वयमा प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन हुन सक्ने विषय बुँदागत रूपमा उल्लेख गर्नुहोस् । संविधानबाट राज्यशक्तिको बाँडफाँट गरी बहुतहका सरकारमार्फत अभ्यास गर्ने पद्धतिलाई सङ्घीयता भनिन्छ । तहगत सरकारबिच परस्पर सहयोग, सहकार्य, समन्वय र संवादमार्फत राष्ट्रिय साझा उद्दे
सुनसरीको कोशी गाउँपालिकामा स्थानीय राजनीतिक दलहरु बिच राजनीतिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
दैलेखको जलजले भूसतहमा पत्ता लागेको मिथेन ग्यास उत्पादन, प्रशोधन र उपयोगको खाका तय गर्ने पूर्वतयारी थालिएको छ । त्यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको प्राविधिक सामितिले ग्यास उत्खनन हुने स्थलको अध्ययन अवलोकन गरी उत्पादन, प्रशोधन र ढुवानीका लागि आर्थिक र प्राविधिक पक्षको जानकारी लिएको छ ।
ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ सांस्कृतिक कलाकार परिषद गठन गरिएको छ । परिषदको मङ्गलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले प्रताप पालुङ्वा (देउमान) अध्यक्ष रहेको २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
घरसँगैको बारीमा धान खेती हुँदैन । अलि डाँडो बारी भएकाले पहिले १६ कट्ठा बारीमा उखु थियो । उखुलाई स्याहार बढी चाहिने तर गाउँमा कृषि मजदुरको अभाव हुने ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैङ्कका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबिच अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरणलगायतका विषयमा छलफल भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले भदौ १३ गते सार्वजनिक गरेको साप्ताहिक कार्यहरुको विवरण अनुसार ८६ जनाले नेपाली नागरिकताको प्रतिलिपि निकालेको उल्लेख छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गन नवलपुरको देवचुली नगरपालिका–१५ लोकाहामा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् ।
नेपाल र भारतबिचको सीमा विवाद सुल्झाउन सबै तहका कूटनीतिक संयन्त्रले सक्रियता बढाउनुपर्ने विज्ञहरूले सुझाएका छन् । चीन र भारतबिच लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने समझदारीले नेपाल–भारत सीमा विवाद थप उकासिए पनि कूटनीतिक संवादका माध्यमबाट यसको सहज समाधान खोजिनुपर्ने उहाँहरूको भनाइ छ । यसैबिच समझदारीका मामिलामा चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपतिसमक्ष चीन–भारत सम्झौताप्रति आपत्ति प्रकट गरिसक्नुभएको छ ।
अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकमाथि निगरानी गर्ने भएको छ । विभागले विदेशी पर्यटकको दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको बसोबास तथा गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने भएको हो ।
पश्चिम गुल्मीको मदाने गाउँपालिकाले जिपलाइन र स्काइ साइक्लिङ सुरु गरेको छ । यस गाउँपालिका–७ भनभनेको रोल्मा तिखेचुलीमा निर्माण गरिएको जिपलाइ र साइक्लिङको मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले उद्घाटन गर्नुभएको हो ।
कैलालीको गोदावरी नगरपालिका–९, भल्कास्थित खुटिया नदीमा बिहीबार एकै घरका दुई दाजुभाइसहित चार किशोर डुबेर बेपत्ता हुनुभयो । घटना भएको आसपास अन्यत्र गहिराइ नरहेको सो नदीमा करिब २० मिटर भाग मात्रै गहिरो छ । त्यसमा किशोरहरू डुबेपछि दगुरेर उद्धारका लागि पुगेका सर्वसाधारणले गहिरोमा गएर खोज्न आँट गर्नै सकेनन् ।
सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ७६ पैसा र बिक्रीदर १४१ रुपियाँ ३६ पैसा कायम भएको छ ।