• १८ भदौ २०८२, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली कहिले चीन प्रस्थान गर्नुभएको हो ? 

विसं २०८२ भदौ १४ 

सम्मेलन आयोजना : सन् २०२५ अगस्त ३१ – सेप्टेम्बर १, तियान्जिन (चीन)   

सो सम्मेलनमा नेपालका प्रधानमन्त्री ओलीसहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेको । 

चीनको तियानजिनमा भएको एससिओ शिखर सम्मेलनमा सी जिनफिङ, भ्लादिमिर पुटिन र नरेन्द्र मोदीको भेटले विश्व व्यवस्थामा नयाँ समीकरण र सन्तुलनको सन्देश दिएको ।

अमेरिकासँगको चिसो सम्बन्ध र दबाबकाबिच भारत, चीन र रुसको निकटता बढ्दै गएको देखिएको, जसले पश्चिमी वर्चस्वमा चुनौती दिने सङ्केत गरेको ।

तीन नेताको भेटलाई एसियाको युग सुरु भएको सन्देशका रूपमा पनि हेरिएको, जहाँ भारतले रुस र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन थालेको । 

नेपालले एससिओभित्र क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई सदैव कायम राख्ने बताउँदै प्रधानमन्त्री ओलीले साङ्घाई भावनालाई समर्थन गर्दै मित्रता, साझेदारी र असल छिमेकी सम्बन्धलाई बलियो बनाउन जोड दिनुभएको । 

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग चीन–भारत लिपुलेक सहमतिप्रति आपत्ति जनाउनुभएको थियो ।

सन् १९९६ मा चीन, रुस, काजकिस्तान, किर्गिस्तान र ताजिकिस्तानबिच ‘साङ्घाई फाइभ’ नामक क्षेत्रीय समूह बनेको थियो । सन् २००१ मा उज्वेकिस्तानसमेत सामेल भएपछि यसलाई औपचारिक रूपमा साङ्घाई सहयोग सङ्गठन (साङ्घाई को–अपरेसन अर्गनाइजेसन) नाम दिइएको थियो ।

हाल चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस गरी १० पूर्ण सदस्य छन् । 

२. सरकारले ३२ औँ प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गर्ने निर्णय ग¥यो ?

चन्द्रकुवेर खापुङ

विसं २०८२ भदौ १३ गते बसेको मन्त्रीपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक खापुङलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको ।

हालका प्रहरी महानिरीक्षक दिपक थापा यही भदौ १८ गते अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आइजिपी नियुक्त गरेको । भदौ १९ गतेदेखि लागु हुने गरी नेपाल प्रहरीका ३२ औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका ।

३. ‘मिस नेपाल वल्र्ड २०२५’ को उपाधि जित्ने प्रतिभा को हुन् ? 

लुना लुइँटेल

दी हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औँ संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै भोजपुरकी लुनाले मिस नेपाल वल्र्डको ताज पहिरेकी ।

‘युनिभर्सिटी अफ सिड्नी’ बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुना यसअघि सन् २०१५ मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन् । 

प्रतियोगितामा दीपशिखा नेपाल, ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता बनिन् । 

विसं २०८२ भदौ १४ गते गोदावरी ‘सनराइज कन्भेनसन सेन्टर’ मा आयोजित मिस नेपालको ‘ग्रान्ड फिनाले’ मा उरुषा भण्डारी उपविजेता बन्दै ‘मिस नेपाल इन्टरनेसनल’ को ताज जितिन् । जापानमा हुने मिस इन्टरनेसनलमा उनले नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन् ।

सोनी घले प्रतियोगितामा ‘मिस नेपाल अर्थ २०२५’ घोषित भएकी ।

४. सरकारले मुगु जिल्लामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय कहिले गरेको हो ? 

विसं २०८२ भदौ १३ 

नेपाल सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको । 

वन मन्त्रालयको प्रस्तावमा भदौ १३ मा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको ।

यसअघि विसं २०३२ मा मुगुमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । 

डोल्पाको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिब ९०६ वर्गकिलोमिटर भूभागलाई छुट्याएर छायानाथ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको । 

यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको ।

५. नेपालको पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला कुन हो ?

डोटी

६. नेपालमा फोटोसहितको मतदाता नामावलीको सुरुवात कहिलेदेखि भएको हो ?

विसं २०६७ भदौ २८

७. नेपाल राष्ट्र बैङ्कले नेपालका विभिन्न १० वाणिज्य बैङ्कको विस्तृत सम्पत्ति गुणस्तर (ऋण पोर्टफोलियो) परीक्षणका लागि कुन देशको लेखा परीक्षण संस्थासँग सम्झौता गरेको हो ?

बङ्गलादेशको हाउलदार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स 

प्राविधिक तथा वित्तीय प्रस्तावको संयुक्त मूल्याङ्कनमा उच्चतम अङ्क प्राप्त गरेको हाउलदार युनुससँग ऋणको पोर्टफोलियो समीक्षा गर्न सो संस्थासँग राष्ट्र बैङ्कले सम्झौता गरेको । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा दिँदा विभिन्न १० वाणिज्य बैङ्कको विस्तृत सम्पत्ति गुणस्तर परीक्षण गर्नुपर्ने सर्त अनुसार राष्ट्र बैङ्कले परामर्शदाता कम्पनी छनोट गरेको हो । 

८. नोबेल पुरस्कार पाउने सबैभन्दा ज्येष्ठ लेखिका को हुन् ? 

डोरिस लेस्सिङ (८८ वर्ष)

पर्सिया अर्थात् हालको इरानमा जन्म भई जिम्बाबेमा हुर्कीएकी र पछि बेलायतको नागरिक बनेकी डोरिस लेस्सिङले सन् २००७ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरी सबैभन्दा बढी उमेर   (८८ वर्ष) मा नोबेल साहित्य पुरस्कार विजेताको कीर्तिमान कायम गरेकी ।  

९. नेपाल आइडल सिजन–६ को उपाधि जित्ने प्रतिभा को हुन् ? 

गङ्गा सोनाम (सिन्धुपाल्चोक)

विसं २०८२ भदौ १५ गते ललितपुरमा भएको ‘ग्रान्ड फिनाले’ मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता बन्नुभएको ।

विजेता सोनामले रु. २५ लाख नगद पुरस्कार प्राप्त गर्नुभएको । 

प्रतियोगितामा वविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचाँै हुनुभएको । 

२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन–६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल रहनुभएको । 

१०. राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट १० भित्र पर्न सफल भई पुरस्कृत हुने प्रतिभा को–को हुन् ? 

अविनाश भट्टराई (सिरहा), कर्ण सञ्जय (मोरङ), किशन पौडेल (मकवानपुर), गोमा श्रेष्ठ 

(लमजुङ), चन्द्रमणि चापागाईं (नवलपरासी), तुलसी केसी (रुकुमपश्चिम), मिरमा (रमा सुवेदी) 

(मकवानपुर), शमुएल कोइराला विश्वकर्मा (सुनसरी), सन्ध्या महर्जन (ललितपुर) र सिर्जन अविरल (चितवन) 

पुरस्कार ः जनही ४० हजार रुपियाँ र ताम्रपत्र 

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विसं २०८२ भदौ १६ गते आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उत्कृष्ट कवि÷कवयित्रीलाई पुरस्कार प्रदान गरिएको ।

११. कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ?

सन् २०२३–२०२७ 

१२. देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको उद्घाटन कहिले गरिएको हो ?

विसं २०७९ पुस १७

१३. नेपालमा सर्वप्रथम डिएनए परीक्षण गरिएको वनस्पति कुन हो ?

चिराइतो 

१४. इन्डियन चेम्बर अफ कमर्सले बैङ्क तथा वित्तीय संस्थालाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड ‘इमर्जिङ एसिया बैङ्किङ कनक्लेभ एन्ड अवार्डस्’ बाट सम्मानित हुने नेपाली वित्तीय संस्था कुन हो ? 

गरिमा विकास बैङ्क लि. (सन् २०२५ अगस्त)

१५. ग्लोबल पिस इन्डेक्स २०२५ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ? 

७६ औँ 

शान्तिपूर्ण देशको सूचीमा नेपालले आफूलाई गत वर्षभन्दा चार स्थान सुधार गरेको । 

अस्ट्रेलियास्थित गैरसरकारी संस्था इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (आइइपी)ले १६३ मुलुकको अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल ७६ औँ स्थानमा रहेको । 

यस प्रतिवेदन अनुसार भुटान दक्षिण एसियाकै पहिलो शान्तिपूर्ण मुलुक बनेको छ । 

दक्षिण एसियाली राष्ट्रको स्थिति 

देश स्थान

भुटान २१

नेपाल ७६

श्रीलङ्का ९७

भारत ११५

बङ्गलादेश १२३

पाकिस्तान १४४

अफगानिस्तान १५८



१६. नेपालमा पुस्तकालय दिवस कहिले मनाउने गरिन्छ ?  

भदौ १५ 

विसं २०८२ को नारा : हाम्रो पुस्तकालय : हाम्रो भविष्य 

संस्करण : १८ औँ 

मनाउन थालिएको : विसं २०६५ 

राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा हरेक वर्ष भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने गरिएको । 

१७. ‘ब्लु इकोनोमी’ भन्नाले के बुझिन्छ ?

समुद्रसँग जोडिएर गरिने आर्थिक क्रसयाकलापसँग सम्बन्धित दिगो विकासको मोडल 

१८. नेपालमा खुलेको पहिलो प्रादेशिक विश्वविद्यालय कुन हो ?

गण्डकी विश्वविद्यालय (गण्डकी प्रदेश) 

१९. सङ्घीय सरकारले देशभर २३ नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय कहिले गरेको हो ? 

विसं २०८२ भदौ ९

इलाका प्रशासन कार्यालय स्थापनाका लागि तोकिएका स्थान


प्रस्तुतकर्ता : टङ्क केसी