• १९ भदौ २०८२, बिहिबार

कोशीमा राजनीतिक दलहरु बिच राजनीतिक संवाद

blog

सुनसरीको कोशी गाउँपालिकामा स्थानीय राजनीतिक दलहरु बिच राजनीतिक संवाद कार्यक्रमका सहभागीहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 
इनरुवा, भदौ १८ गते ।
सुनसरीको कोशी गाउँपालिकामा स्थानीय राजनीतिक दलहरु बिच राजनीतिक संवाद कार्यक्रम सम्पन्न भएको छ । कोशीको सभा हलमा भएको संवाद कार्यक्रममा वक्ताहरुले सबै दलहरुको प्रतिनिधिहरु एकठाउँमा आमनेसामने भएर कुराकानी गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजना भएको संवाद कार्यक्रममा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी, नेपाली कांग्रेसका सभापति सुलेमान मंसुरी, नेकपा एमालेका मनटुन यादव, जनता समाजवादी पार्टीका उपाध्यक्ष तेजनारायण अरगरिया, जनमत पार्टीका अध्यक्ष राजकुमार यादव, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष इ.फुलेश्वर यादवसहितकाले संवादमा राजनीतिक दलहरुका बिचमा यसप्रकारका छलफल र संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले गाउँपालिकाको योजना तर्जुमा, बजेट निर्माण, गाउँ सभा र बजेटको कार्यान्वयनको चरणसम्ममा दलहरुका बिचमा समन्वय, सहकार्य र सकाराम्मक सल्लाह सुझाव तथा सूचनाहरु आदनप्रदान गर्नेगराउने प्रतिवद्धता जनाएका छन् ।

विभिन्न राजनीतिक दलहरु र सरोकारबालाहरुबाट आएका सुझावहरुको ग्रहण गर्दै तुलनात्मक रुपमा समन्वय गर्दै आएको र थप गर्ने संवादको क्रममा कोशीका अध्यक्ष ऐयुव अंसारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संवादमा कोशी १ का कावा वडाध्यक्ष निर्माला कुमारी मण्डल, २ का वडाध्यक्ष ध्यानी उराँव, ३ का वडाध्यक्ष सुलेमान मंसुरी, ५ का वडाध्यक्ष साह जमाल, ६ का वडाध्यक्ष जुडिलाल कोडोगिया, ७ का वडाध्यक्ष लालदेव सदा र ८ का वडाध्यक्ष बलरामकुमार क्षेत्रीसहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्य शोभा मेहता र ज्ञानु खतिवडा लगायतले वडा तहलमा दलहरुसंगको समन्वय र सहकार्यक प्रभावकारी रहेको बताउनुभयो ।

कार्यक्रममा सबै राजनीतिक दलहरु बिच राजनीतिक संवाद कार्यक्रम भएको र विपक्षीहरुको कुरा समेत राख्ने वतावरण मिलाएकोमा सामाजिक परीवर्तन केन्द्रलाई धन्यवाद दिएका थिए । संवाद कार्यक्रमको सहजीकरण केन्द्रका जिल्ला संयोजक रमेश भट्टराई र संवाद सहजकर्ता जयकृष्ण यादवले गर्नुभएको थियो ।

सबै सहभागी सरोकारबालाहरुको कुरा आपसी छलफल गर्ने भए पनि मौका मिलाउने काम सिएससीले गरेको बताएका छन् । कार्यक्रमको मुख्य उद्देश्य र आचारसंहिताका बारेमा सहभागीहरुलाई जानकारी गराइएकाले कार्यक्रम प्रभावकारी भएको थियो । संवाद  सहजकर्ताले प्रस्तुतिकरणबाट विषयका बारेमा प्रष्ट जानकारी भएको र दलहरुका बिचमा बढेको दूरी कम हुने अपेक्षा गरिएको जनता समावदाी पार्टीका उपाध्यक्ष तेजनारायण अरगरियाले बताउनुभयो ।

सहभागीहरुले सामूहिक रुपमा एउटा साझा सहमति गरेर पहिलो चरणमा सबै दलहरुलाई विगतमा बोलाएको झै प्रभावकारी रुपमा बोलाउने र दलहरुले आ आफ्नो पार्टीगतहरुबाट पहल गर्ने, सार्वजनिक हित तथा विकासमा समन्वय, सहकार्य र सकाराम्मक सल्लाह तथा सूचनाहरु आदनप्रदान गर्ने प्रतिवद्धता जनाएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका मनटुन यादवले शिक्षाका लागि विद्यालयमा अनुगमनसहित गुणस्तरमा ध्यान दिन, अस्पताल निर्माण गर्न र प्रसुति गृह सञ्चालन गर्न जरुरी रहेको र त्यसमा राजनीतिक दलहरुका बिचमा समन्वय आवश्यक रहेको बताउनुभयो ।

कोशी ६ का स्थानीय रोशन यादवले पहुचका अधारमा विकास हुदाँ दलिय विवाद बढेकाले त्यसमा आवश्यकतामा आधारीत विकास गर्न सुझाव दिनुभयो । वडा तहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालयसम्म जाने बाटोमा निमार्ण तथा मर्मत गर्न जरुरी रहेको बताउनुभयो ।