आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यक्रम छ ।
भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ ।
सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रुपमा मात्र यसको महत्व धार्मिक र ऐतिहासिक रुपमा पनि उत्तिकै छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
गोरखा तर्फको गण्डकी गाउँपालिका – ८ बर्खेघाटस्थित त्रिशुली नदीमा एक महिलाको शव फेला परेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
विश्वमञ्चमा धेरै खालका सङ्घ संस्था क्रियाशील छन् । दुई वटा महायुद्धले मानव सभ्यतामाथि क्रूर अतिक्रमण गरेसँगै विश्वशान्तिका निम्ति संस्थागत प्रयास थालनी विशिष्ट ऐतिहासिक आयाम थिए । त्यस क्रममा सन् १९४५ मा स्थापना भएको संयुक्त राष्ट्रसङ्घले विश्वशान्तिका निम्ति अनेक प्रयास गरे पनि अझै पर्याप्त हुन सकेको छैन । विश्वका धेरै भूभाग अहिले पनि युद्धको चपेटामा छन् । युद्धका कारण लाखौँलाख मानिस विस्थापित हुँदै छन् । कैयौँको ज्यान गइरहेको छ । बालबालिका, वृद्धवृद्धा, अशक्त युद्ध र अशान्तबाट बढी प्रभावित छन् । धनी र गरिबबिच
मुलुकको समग्र विकासलाई नियमित, गतिशील र सन्तुलित गराउने मुख्य आधारका रूपमा बजेटको प्रारूप तयार भएको हुन्छ । सरकारको नीति तथा कार्यक्रमको संरचना र भावनालाई आधार बनाई जनसमक्ष आउने बजेट सरकारको वार्षिक कार्यक्रमको विस्तृत तस्बिर हो । जनताको मागलाई सम्बोधन गर्ने मुख्य माध्यमसमेत भएकाले बजेट जनता र सरकारबिचको सम्बन्ध मजबुत गराई
गण्डकी प्रदेश स्तरीय व्यापार, पर्यटन प्रवर्धन र संस्कृति संरक्षणको लक्ष्यसहित आठौं बागलुङ महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा हुने महोत्सव आगामी पुसको दोस्रो सातादेखि सुरु हुने छ ।
मुलुकमा सङ्घीय शासन प्रणाली प्रारम्भ भएको १० वर्ष भइसकेको छ । जनताको घर दैलोमा सरकारको अवधारणा अनुरूप सेवा वितरण गर्ने सङ्घीय राज्य प्रणालीको उद्देश्य हो । सार्वजनिक संस्थान जनतालाई सर्वसुलभ सेवा उपलब्ध गराउने संस्था हुन् ।
किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान गरेको छ । ३७ औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा अध्ययनरत पाँच जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै शुभकामना आदानप्रदान गरेका छन् ।
कवि एवं पूर्वकानुन न्याय तथा संसदीय व्यवस्था सहायकमन्त्री दीनबन्धु अर्यालद्वारा लिखित काव्य कृति ‘अन्त्येनारायणस्मृति’ लोकार्पण गरिएको छ । हरिहर सत्संग सेवा समाज नेपालका संस्थापक अध्यक्ष स्वामी रामदासजीले उक्त कृति लोकार्पण गर्नुभएको हो ।
नेपालयको ‘आर’ शालामा सङ्गीतकार रामकृष्ण दुवालको ‘पलेँटी’ सम्पन्न भएको छ । करिब दुई घण्टा चलेको पलेँटीमा दुवालले सङ्गीत भर्नुभएको एक दर्जनभन्दा धेरै गीत घन्किएका थिए । दाफा गायनबाट कार्यक्रम थालनी गर्नुभएका दुवालले ‘श्यामसुन्दर वसन्त बेला’ बोलको नेपाल भाषाको गीत गाउनुभयो । गीतमा उहाँले प्रदर्शन गरेको नृत्य मुद्राको धेरै दर्शकले खुलेर प्रशंसा गरे ।
१. साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली कहिले चीन प्रस्थान गर्नुभएको हो ? विसं २०८२ भदौ १४