सशस्त्र प्रहरी बल, नेपाल नं.४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहूविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ ।
गृहमन्त्री रमेश लेखकलाई यहाँका दलित मुसहर समुदायले नागरिकतासम्बन्धी समस्या समाधानका लागि शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले शुक्रबार जनाएको छ ।
भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभएको छ ।
तनहुँ बस दुर्घटनाका गम्भीर घाइते १२ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । गम्भीर घाइतेमध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको हो ।
भूकम्प गएको दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताउनुभएको छ ।
इलामको सन्दकपुर गाउँपालिकास्थित जमुनामा मानव निर्मित ढाप पोखरी पानी संरक्षण र वातावरण संरक्षणमा उदाहरणीय बनेको छ । पोखरी हेर्दा अनुमान गर्न नसकिनेगरी स्थानीयले यो पोखरी संरक्षण गरिरहेका छन् ।
सङ्खुवासभा जिल्लाको गढीडाँडा बजार आसपासमा भूकम्प गएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका २ को कोबाङ गाउँमाथि धवलागिरी आइसफल क्षेत्र नजिक हिमपहिरो खसेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।उद्धार गरिएका थप पाँच जना अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ।उद्धारकार्य जारी रहेकाले यो संख्या अझ बढ्नसक्ने अनुमान प्रहरीले गरेको छ।
मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् ।