काठमाडौँ, भदौ १७ गते । अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मङ्गलबार स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ११ टोली सहभागL टप एन्ड टी–२० सिरिजमा नेपाल समूह चरणबाट बाहिरिएको थियो ।
त्यसपछि पाँच वटा अभ्यास खेल खेलेको थियो । नेपालले cस्ट्रेलियाको स्थानीय क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध दुई वटा टी–२० अभ्यास खेल खेलेको थियो । नेपालले एसिटीविरुद्ध दुवै खेल जितेको थियो ।
त्यसपछि नेपालले साउथ अस्ट्रेलियासँगको दुई वटा टी–२० अभ्यास खेलेकोमा दुवैमा हार खेपेको थियो । त्यसपछि साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो ।
नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।