• १८ भदौ २०८२, बुधबार

‘प्रधानसेनापति ट्रफी’ सुरु

blog

विजेतालाई पुरस्कार प्रदान गरिँदै ।

काठमाडौँ, भदौ १७ गते । ‘प्रधानसेनापति ट्रफी’ प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा सुरु भएको प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । 

उद्घाटन खेलका रूपमा पुरुषतर्फ एक हजार ५०० मिटर र महिलातर्फ ८०० मिटर दौड सम्पन्न भयो । जसमा पुरुषतर्फ सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पाल पहिलो, मध्यपृतनाका लोकेन्द्र बोहोरा दोस्रो र विशेषफोज बाहिनीका अक्कलबहादुर पाल तेस्रो हुनुभयो । 

महिलातर्फको ८०० मिटर दौड प्रतियोगितामा १३ नं. बाहिनाका अनिषा विश्वकर्मा पहिलो, १६ नं. बाहिनीका सरस्वती भट्टराई दोस्रो र मध्यपूर्वी पृतनाका बालिका श्रेष्ठ तेस्रो हुनुभयो । विजेता प्रधानसेनापति सिग्देलले पुरस्कार प्रदान गर्नुभयो । 

असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिबल, बास्केटबल, फुटबल र जुडो खेल समावेश गरिएका छन्। प्रतियोगितामा आठ वटा पृतना र ६ वटा बाहिनीबिच प्रतिस्पर्धा हुने छ।