• ३० भदौ २०८२, सोमबार

इडब्लुभिएलको उद्घाटनमा कर्णाली र पोखराबिच भिडन्त

blog

काठमाडौँ, भदौ १७ गते । पोखरामा भदौ २० गतेदेखि सुरु हुने दोस्रो संस्करणको वत्सालय एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उद्घाटन खेलमा साविक विजेता कर्णाली कर्णाली यशविस र पोखरा निन्जाजबिच प्रतिस्पर्धा हुने छ ।

आयोजक इन्फनिटी ड्रीम्स प्रालिले मङ्गलबार सार्वजनिक गरेको खेल तालिका अनुसार दोस्रो खेलमा ललितपुर क्विन्स र मधेश युनाइटेड भिड्ने छन् ।

भदौ २८ गतेसम्म चल्ने लिगमा कर्णालीसहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ ।

लिगमा दैनिक दुई खेल सञ्चालन हुने छन् । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुने छ ।