• १७ भदौ २०८२, मङ्गलबार

प्रधानमन्त्री ओली बेइजिङमा

blog

बेइजिङ (चीन), भदौ १७  गते ।  प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई  आज यहाँ आइपुग्नुभएको छ ।

प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुग्नुभएको हो । त्यसअघि प्रधानमन्त्री र उहाँ नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए । रासस