काठमाडौँ, भदौ १७ गते । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
सोमबार प्रतितोला सुन दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला १५ ले बढेर दुई हजार ४८५ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस