। गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । रघुगंगा गाउँपालिका– २ भगवती घर भई हाल जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत कुमार रिजाल र बेनी नगरपालिका– ६ जामुनाखर्क घर भएका हरिप्रसाद रिजाल शनिबार राति करिब ११ बजेदेखि बेनी बजारबाट सम्पर्कविहस्न हुनुभएको थियो ।
राष्ट्रिय सांस्कृतिक, धार्मिक महत्वको पर्व इन्द्रजात्राको तयारी पूरा भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा यस वर्ष बिहीबार भदौ १९ गते बिहान १० बजेर ३१ मिनेटको शुभसाइतमा यःसिं थनेगु (इन्द्रध्वज) उठाइने जानकारी दिइएको हो ।
अर्घाखाँचीको नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान भैरवनाच सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन सुरु हुने यो नाच कात्तिक औँसीसम्म चल्ने गर्दछ । स्थानीय मान्यता अनुसार यो नाचको विसर्जन देउसीभैलीको मादल बज्नुअघि गर्नु पर्छ ।
बर्दियाको गेरुवा गाउँपालिका–१ मा पर्ने पर्यटकीय स्थल ओखरिया इन्टेक पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । कर्णाली नदीको बिच भागमा रहेको यो इन्टेक गर्मीमा त्यहाँ पुग्ने पर्यटकलाई शीतलता मात्र होइन, प्राकृतिक सौन्दर्यको अद्वितीय अनुभव दिन्छ ।
सरकारले यही भदौ ३० देखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । सरकारले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विगतका वर्षमा झैँ विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च सिप भएका युवाका लागि दक्षिण कोरिया जाने बाटो खुलेको छ । नेपाली श्रमिक ई–७ भिसामा दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि तेस्रो पटक संशोधन भएसँगै नेपाली युवालाई उच्च सिपमा कोरिया जाने बाटो खुलेको हो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ई–९ भिसामा नेपाली युवा जिटुजीबाट जाँदै आएका छन् ।
सन् २०२५ को अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्तमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । यसअघि सन् २०२४ को अगस्तमा ७२ हजार ७१७ पर्यटक नेपाल भित्रिएका थिए ।
लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासको चापलाई सम्बोधन गर्न ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ ल्याइएको बताउनुभएको छ । उहाँले राष्ट्रिय सभालाई जतिसक्दो छिटो सो विधेयक पारित गरिदिन आग्रह गर्नुभयो ।
सरकारले भारतबाट ४० हजार मेट्रिक गहुँ आयात गर्ने भएको छ । त्यसका लागि खाद्य तथा मैदा उद्योगलाई प्रस्ताव गर्न सूचना सार्वजनिक गरेको छ ।
कृषि सामग्री उत्पादनका लागि जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना वीरगन्जबाट व्यावसायिक उत्पादन गरी बिक्रीवितरण गरेको छ । केन्द्रले सरकारबाट लिएर २०७९ कात्तिकदेखि कारखाना सञ्चालन गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा कायम भएको छ ।
चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङ जाँदै हुनुुहुन्छ ।