सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कूटनीतिक माध्यमबाट संवाद गरी भारत र चीनबिच भएको ‘लिपुलेक समझदारी’ को विषय समाधान गरिने प्रस्ट पार्नुभएको छ । भदौ १३ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सोमबार सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरुङले भारत र चीनबिच नेपालको भूमि लिपुलेक प्रयोग गर्ने समझदारीको विषय संवादबाटै हल गरिने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई विभाजन होइन, साझेदारी चाहिने बताउँदै क्षेत्रीय र विश्वव्यापी रूपमा मिलेर काम गरे मात्र न्यायपूर्ण, समावेशी, लचिलो व्यवस्था र दिगो विकास गर्न सकिनेमा जोड दिनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विधान महाधिवेशनपछि पार्टी थप व्यवस्थित र एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेल लिखित ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी निर्माणका लागि आफैँले तयार गरेको वैधानिक सीमालाई पनि परिष्कृत गर्दै जानुपर्ने बताउनुभयो । उहाँले परिवर्तनको उद्देश्यसँग गाँसेर स्थापित हुने पार्टी एमाले भएको दाबी गर्नुभयो ।
निजामती कर्मचारीको अवकाशको उमेरसम्बन्धी प्रक्रियामा सरकार र विपक्षमा रहेका दलले आआफ्ना अडान कायमै राखेपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सो विषय मतविभाजनमा गएर टुङ्ग्याउनुपर्ने भएको छ । समितिमा अल्पमतमा रहेको सत्तापक्षले भने आफ्नो अडानबमोजिम सहमति हुुनुपर्नेमा जोड दिइरहँदा विपक्षका दलले सत्तापक्षले अडान नछोडे मङ्गलबार मतविभाजनबाट सो विषय टुङ्ग्याइने जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै प्रधानमन्त्रीले क्षेत्रीय सहयोग बिना शान्ति र समृद्धि सम्भव नभएको बताउनु भएको छ ।
अविरल वर्षाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा गएराती आएको बाढीले पाँच घर पूर्णरूपमा बगाएको छ भने छवटा घरमा आंशिक क्षति भएको छ ।
घोराही उपमहानगरपालिकाले गुणस्तर नभएको दुध विक्री गर्ने ९ वटा डेरीपसललाई पाँच हजार रुपियाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।
भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले जितेको हो ।
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउन चार दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिव पूरा भएको केन्द्रीय कार्यालयका पदाधिकारीहरुको भनाइ छ ।
म्याग्दीको पश्चिम क्षेत्रलाई सदरमुकामसँग जोड्ने प्रमुख सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सेवा अवरुद्ध बनेको छ ।
यमनमा सक्रिय हुथी समूहद्वारा आइतबार संयुक्त राष्ट्रसङ्घका ११ जना कर्मचारीलाई नियन्त्रणमा लिएको घटनाप्रति महासचिव एन्टोनियो गुटेरेसले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
बागमती प्रदेशमा विवादित बन्दै आएको चिट्ठा विधेयकमाथि प्रदेश सभा बैठकमा छलफल सुरु भएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशमा निर्माण भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
जापानमा भालुको आक्रमण बढेपछि सरकारले सिकारीलाई सम्भावित क्षेत्रमा राइफल तथा बन्दुक प्रयोग गर्न सजिलो हुने गरी हात हतियार सम्बन्धी नियम सहज बनाएको छ ।