नवलपुरको कावासोती –२ मा पर्ने हाटबजार लाइनको सडकछेउमै फलफूल व्यापारीहरूले व्यापार गर्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।
समग्र विकासका लागि गण्डकी र लुम्बिनी प्रदेशको सहकार्यलाई बढाउँदै लगिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआइ प्रयोग गर्न फाइभजी नेटवर्क कार्यान्व्यन हुन अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुचारु गर्न निर्देशन दिनुभएको छ ।
सङ्घीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन ।
नीजि विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकको विरोधमा नवलपुर सदरमुकाम कावासोतीमा बस तथा भ्यान र्याली निकालेका छन् । देशब्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत नवलपुरमा पनि स्कुल बस र भ्यानलाई दोस्रो पटक सडकमा उतारेर प्रदर्शन गरिएको हो ।
सूूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन वटा बाख्रा सोमबार बिहान कालो चितुवाले खाएको भेटियो ।
पाकिस्तानको पूर्वी प्रान्त पन्जाबमा आएको भीषण बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ ।
पाकिस्तानको उत्तर क्षेत्रमा रहेको गिलगिट-बल्तिस्तानको दिआमेर जिल्लामा सोमबार बिहान एक सरकारी हेलिकाेप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल (एपिएफ) अस्पताल, बलम्बुमा क्षयरोगको उपचार सेवा सुरु भएको छ ।
नेपालमा ओलम्पिक विवाद निम्त्याएको भन्दै ओलम्पिक कमिटी अफ एसिया (ओसिए)ले नेपाल घोड्चढी सङ्घका अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई दुई वर्ष प्रतिबन्ध लगाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनु भएको छ ।
मध्य जाभाको सिलाकाप जिल्लाको टेगालरेजा गाउँकी ५९ वर्षीया रोसिता सुदार्तीका लागि खाना पकाउने कामले नयाँ अर्थ पाएको छ ।
संयुक्त राष्ट्रको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुएपीओ) ले २०२५ को नवप्रवर्तन सूचकाङ्कमा चीनको शेनझेन-हङकङ-गुआङ्जो समूहलाई विश्वकै शीर्ष नवप्रवर्तन केन्द्र घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भदौ २१ र २४ गते नेपाल र बङ्गलादेशबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो ।