• १६ भदौ २०८२, सोमबार

इलाममा पहिलो पटक कालो चितुवा भेटियो

blog

सूूर्योदय नगरपालिका–२, बागवीरेका बाख्राको खोरमा भेटिएको कालो चितुवा । तस्बिर : डिभिजन वन कार्यालय इलाम

कोकिला ढकाल

इलाम, भदौ १६ गते । सूूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन वटा बाख्रा सोमबार बिहान कालो चितुवाले खाएको भेटियो । 

कालो रङ्गको चितुवा इलाममा पहिलो पटक भेटिएको हो । बाख्रालाई घाँस हाल्न जाँदा बाख्राको खोरमा चितुवा बसेको भेटिएको स्थानीय लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजुु घिमिरेले जानकारी दिनुुभयो । 

घिमिरेका अनुसार काफ्लेको खोरमा रहेका दुुई वटा माउँ र एउटा पाठो चितुवाले खाएको छ । ‘‘घाँस हाल्न जाँदा अघाएर सुतिरहेको अवस्थामा चितुवा भेटियो, यसको रङ कालो भएकाले यो दुर्लभ हो भन्ने लागेर प्रहरी–प्रशासनमा खबर गर्‍यौँ,’’ घिमिरेले भन्नुुभयो ।

उहाँका अनुसार एक महिना यता यो क्षेत्रमा चितुवाले सात वटा बाख्रा मारिसकेको छ । स्थानीयमा पनि त्रास बढेको छ । घिमिरेले आफ्नै खोरका दुुई वटा बाख्रा केही हप्ता अघि खाएको थियो । 

एक महिना यता यही क्षेत्रसँग जोडिएको माईजोगमाई–२ का शेरबहादुर गुरुङ, मूल खर्कका हर्कसिहं राई र माईजोगमाई-२, बिज्जेका गोपाल खड्काको बाख्रा पनि चितुवाले मारेको थियो ।  

पछिल्लो समय दर्जनबढी बाख्रा चितुवाले मारेको र त्यसको त्रास स्थानीयमा परेको घिमिरेले बताउनुु भयो । ‘‘घाँस–दाउरा गर्न, नानीहरूलाई विद्यालय आउजाउ गर्न , एक्ले हिँडडुुल गर्न धेरै डर भएको छ । घिमिरे भन्नुुहुन्छ, ‘‘आज फेला परेको चितुवाको उद्धार गर्न पनि जिल्ला भित्र त्यस्तो कुनै प्रविधि र जनशक्ति नहुुनुु हाम्रा लागि दुुःखद छ ।’’ 

बाख्राको खोरमै बसिरहेको चितुवालाई डिभिजन वन कार्यालयको टोलीले खोर वरिपरि रोतो कपडाले बेरेर राखेको बताइएको छ । 

जिल्लामा उद्धारको जनशक्ति नहुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग सँग समन्वय गरि कोशी टप्पुु वन्यजन्तु आरक्षबाट उद्धार टोली झिकाइएको डिभिजन वन कार्यालय इलामका प्रमुख विरेन्द्र साहले बताउनुुभयो । 

साहले कोशी प्रदेशमै पहिलो पटक यो चितुवा भेटिएको बताउनुुभयो । ‘‘यो चितुवा यसअघि काभ्रेमा भेटिएको थियो । त्यसपछि केही पनि भेटिएको त्यस्तो तथ्याङ्क छैन । अब यसको उद्धार गरेपछि मात्र थप अनुसन्धान हुन्छ,’’ साहले भन्नुुभयो । 

भारतीय सीमा क्षेत्रसँग जोडिएको ठाउँभएकाले भारतको सिंहलिला नेसनल पार्कबाट चितुवाहरू नेपालका गाउँ छिर्ने गरेको पाइएको सूूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिक बम्जनले बताउनुुभयो । 

अहिले सूूर्योदयका उत्तरपूर्वी गाउँहरू बागवीरे, मानेभन्ज्याङ, त्यस्तै  माईजोगमाई र सन्दरकपुर गाउँपालिकाका उत्तरपूूर्वी गाउँहरूमा जङ्गली जनावारले स्थानीयलाई धेरै दुःख दिने गरेका छन् । 

भारतीय सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गरेका बंदेल, भालुु, बाँदर र चितुवाले मानवीय क्षती नगरेपनि पशुुचौपाया र अन्नबालीमा नोक्सान गरिरहेको लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजुु घिमिरे बताउनुुहुन्छ ।