ताप्लेजुङमा करिब ४ वर्षको अवधिसम्म रक्तदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ । ताप्लेजुङमा नेपाल रेडक्रस सोसाइटीको शाखा स्थापना भएको ५० औँ वर्ष प्रवेश गरेको अवसरमा रक्तदातालाई सम्मान गरिएको हो ।
रुकुम पूर्वको पातीहाल्ने भञ्ज्याङ आसपास बागलुङ–रुकुमपूर्व सीमाक्षेत्रमा सोमबार साँझ ८ बजेर २५ मिनेटमा ४.६ स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ।
जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पार्नुभएको छ। एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उहाँले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउनुभयो।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज सामूहिक हस्ताक्षर गरी २४ घण्टाभित्र राजीनामा माग गरेका हुन्।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आयोजनामा गत २३ र २४ गते भएको भ्रष्टाचार विरूद्वको आन्दोलनका क्रममा दिवंगत भएकाको सम्झनामा दीप प्रज्वलन गरिएको छ।
नेपाल आदिवासी जनजाति महासङ्घले ‘जेनजी’ प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।
नवनियुक्त गृह र ऊर्जामन्त्रीले बुधबार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाक्रममा आगजनी भएका सरकारी संरचनाको अनुगमन गर्नुभएको छ।
पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तु चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी गराएको छ ।
खेत पानीले भरिएका छन् तर धान खैरो र सुकेको छ । सडेको बाली र गाईबस्तुको दुर्गन्धले हावा गन्हाएको छ । यस वर्षको रेकर्ड मनसुनी वर्षाले भारतको अन्न भण्डार पञ्जाबलाई तहसनहस पारेको छ ।
युद्ध र अनिकालको चपेटामा परेका सुडानीलाई सहयोग पुर्याउँदै आफ्नो जीवन जोखिममा राख्ने ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’ (इआरआर) स्वयंसेवकको नेटवर्कलाई बुधबार नर्वेको प्रतिष्ठित ‘राफ्टो मानव अधिकार पुरस्कार’ प्रदान गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एसियाली फुटबल महासङ्घ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिव १४ लाख रुपियाँ) जरिवाना गरेको छ ।
सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण संरक्षणमा लाग्ने व्यक्तिहरूको हत्या भएको छ ।
इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसलाई भाग्न दिनका लागि अस्थायी नयाँ मार्ग खोलिएको घोषणा गरेको छ ।
बेलायतमा अगस्ट महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो महिनासरह स्थिर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।