मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनायो ।
वासिङ्टन,वैशाख ३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट हाउसले व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको बताउनुभएको छ । “बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,” ट्रम्पकाले प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा भनिएको छ।“चीन र अन्य कुनै पनि देशबीच कुनै भिन्नता छैन, फरक यत्ति हा भूगोलका हिसाबले कुनै ठुलो छ र कुनै सानो छ,” उहाँले भन्नुभयो । ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठुलो सम्झौताबाट चीनपछि हटेको बताएपछि लिभिटको यो टिप्पणी आएको हो ।ब्लुमबर्गको एक समाचार रिपोर्टपछि बेइजिङले एयरलाइन्सहरूलाई बोइङ कम्पनीका जेटहरूको थप डेलिभरी नलिन आदेश दिएको थियो । रासस/एएफपी
रमेश लेखकले सिराहाको नवराजपुर गाउँपालिका(३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।
स्पेनिस पावर हाउस बार्सिलोना र फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गुल्मीको तम्घासमा हुन लागेको दोस्रो गुल्मीको महोत्सवको तयारीलाई निकै तीव्रताका साथ अगाडि बढाइएको छ । ‘गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि पर्यटन र व्यापार’ भन्ने मूल नारासहित गुल्मी चेम्बर अफ कमर्शको आयोजनामा यहि वैशाख ५ देखि १७ गतेसम्म तम्घासस्थित नुनथलामा सञ्चालन गर्न लागिएको हो ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको बिग्ही नदीमा झोलुङ्गे पुल निर्माण भएपछि कृषकहरू खुसी भएका छन् । कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन पुल निर्माण गरिएको हो ।
कैलालीको चिसापानी–कुइने सडक क्षेत्रमा परेको रुख कटान आदेशका लागि सम्झौता भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान आदेशका लागि वन तथा वातावरण मन्त्रालय र सडक विभागबिच सम्झौता भएको हो ।
तराईमा बढ्दै गरेको गर्मीसँगै तर्बुजाको व्यापार पनि फस्टाउँदै गएको छ ।तर्बुजाको व्यापारबाट तराई क्षेत्रमा राम्रो आम्दानी गर्नेहरू पनि छन् जसले गर्दा जीवन निर्वाहमा समेत टेवा पुगेको देखिन्छ ।
कालीकोटको रास्कोट नगरपालिका शिक्षा शाखाले विद्यालयको ताला फोडेकोविरुद्ध नेपाल शिक्षक महासङ्घसहित विभिन्न शिक्षक सङ्घ सङ्गठनले आपत्ति जनाएको छ ।
पछिल्ला केही दिन यता सङ्घीय राजधानी काठमाडौँका सडक अस्तव्यस्त छन् । कारण हो, प्रदर्शन । पछिल्लो समय प्रदर्शनका कारण राजधानी शान्त बनेको छैन ।
बागलुङ नगरपालिकाको फोहोरलाई पुनः प्रयोगमा ल्याउने परियोजनामा हस्ताक्षर गरिएको छ । समानता अभियान नेपालसँग नगरपालिकाले फोहोर व्यवस्थापनको सम्झौता गरेको हो ।
ताप्लेजुङमा आयोजना गरिएको कञ्चनजङ्घा हीरक महोत्सवभर राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने भएको छ । वैशाख ५ देखि ७ गतेसम्म सञ्चालन हुने तीन दिने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने भएको हो ।
जलजला गाउँपालिकाले स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी गरेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ हरिपुर टोलस्थित वडा कार्यालयबाट तीन सय मिटर दक्षिणतर्फ रहेको कुसुमलाल साहको पोखरीको छेउमा महिलाको शव फेला परेको हो ।