जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
निरन्तर परेको वर्षाको कारण मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलामा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको छ।
माल्दिभ्सको संसदले प्रेस स्वतन्त्रतामा ठुलो असर पार्ने आशङ्काबिच पत्रकार र मिडिया संस्थालाई नियमन गर्ने नयाँ कानून पारित गरेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार प्रेश विज्ञप्ती जारी गरी ३२ खेलको सुची दर्ता गरिएको उल्लेख गरेको छ । एनओसीका महासचिव राजिव श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तीअनुसार यसअघि दर्ता गरिएको सुचीमा फुटबल र तेक्वान्दो खल थप गरिएको हो ।
जेनजी आन्दोलनको कारण महँगी बढन थालेपछि स्थानीयवासीमा चिन्ता छाएको छ । जेनजी आन्दोलनले पूर्वी नवलपरासीमा बजारमा २० प्रतिशत माथि महँगी बढेको स्थानीयबासीको भनाइ छ ।
नौ घण्टासम्मको उग्र वार्ता, इन्धन अभावबिच ट्रक खोज्ने अन्तिम क्षणको प्रयास र खुला फ्ल्याटबेड ट्रकमा छ घण्टासम्मको उन्मत्त प्याकिङपछि सहायता कार्यकर्ताले इजरायली आक्रमणअघि गाजाको गोदामबाट हजारौँ अमूल्य कलाकृति उद्धार गरेका थिए ।
चार दिनदेखि परेको अविरल बर्षाका कारण पुतलीबजार नगरपालिका –३ चिचीकुनाका ६ घरगोठ जोखिममा परेको छ । घरनजिकै बर्षासँगैको पहिरोले यहाँका बस्तीमा जोखिम बढेको हो ।
अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार देशका ७४ जिल्लाबाट चार हजार ४७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका–१, बलिथुम बजारमा जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा एकै परिवारका पाँच जनासहित छ जना बिरामी परेका छन्।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा पहिलोपटक विद्युतीय सवारीसाधन चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।
रियल म्याड्रिड र आर्सनलले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।
पहिरोले लमजुङ खण्डमा पर्ने मध्यपहाडी लोकमार्गको लमजुङ–पोखरा सडकखण्ड र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई र बारा जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाई स्थित पूर्व पश्चिम सडक खण्डमा मङ्गलबार दिउँसो नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा घाइते हुनुभएका १७ जनाको हेटौँडा अस्पताल र काठमाडौँको छाउनी अस्पतालमा उपचार भइरहेको छ।
मुस्ताङको घरपझोङ गाउँपलिका–४, जोमसोम बजार छेउबाट बगेको कालीगण्डकी नदी । यतिबेला असोज लागेसँगै कालीगण्डकी नदीको सतह ह्वात्तै घटेको छ ।