• १ असोज २०८२, बुधबार

बिषालु च्याउ खाँदा छ जना बिरामी

blog

फाइल तस्बिर

टोपलाल अर्याल

रेसुङ्गा, असोज १ गते । गुल्मीको गुल्मी दरबार गाउँपालिका–१, बलिथुम बजारमा जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा एकै परिवारका पाँच जनासहित छ जना बिरामी परेका छन्। 

बिरामी हुनेहरूमा स्थानीय ८३ वर्षीय केरसिंह रजाली, बुहारी ३३ वर्षीया हिमा रजाली, नातिनीहरू १६ वर्षीया एलिना रजाली, १३ वर्षीया बिपना रजाली, नाती १० वर्षीय किरण रजाली तथा ३६ वर्षीया छिमेकी बुहारी बिपना रजाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । 

बिरामीहरूको शुभसारथि मेडिकल, मजुवामा स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो ।