केही वर्ष अघिसम्म दलित र गैरदलित भनी फरक व्यवहार देखिएको रौतहटको एक गाउँ हाल जातीय भेदभाव तथा छुवाछुत मुक्त छ ।
भदौ ३० देखि असोज ५ गतेसम्म माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको बिदाइ गरिएको छ ।
मनाङको प्रवेशद्वार तालगाउँ । ताल गाउँमाथि डाँडामा मनै लोभ्याउने झरना । मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दरता थपिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सेप्टेम्बर १६ देखि २४ तारिखसम्म क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजमा भाग लिने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष उपेन्द्र सहनीसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) ले एम्बुलेन्स र एनेस्थेसिया मेसिन प्राप्त गरेको छ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सञ्चालन भएको छ ।
सांसदहरुले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठ प्रतिस्थापनमा जोड दिनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि काठलगायत वन पैदावारको आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काको वैशाखीमा हिँडेर गन्तव्यमा पुग्न नसक्ने बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ ।
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकालाई पूर्ण विद्यालय भर्ना पालिका घोषणा गरिएको छ ।
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ।
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तर प्रदर्शन गरेपछि मङ्लबार कर्फ्यु जारी गरिएको अधिकारीहरुले बताएका छन् ।