बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५, नौघरकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोर्सेरका आङ्ग्याल गुरूङले रोज्जा च्याङ्ग्रालाई ३५ हजारसम्ममा मुस्ताङमै बिक्री गर्नुभयो । नेपालीहरूको महान पर्व दशैंलाई लक्षित गरी ब्यापारी गोठमै पुगेपछि कृषक गुरूङले हातले उचाल्नै नसक्ने केही च्याङ्ग्रालाई ३८ हजारसम्म पार्नुभयो ।
कञ्चनपुर कारागारबाट १८ भारतीय कैदी बन्दीसहित अझै १९३ कैदीबन्दी फरार रहेका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट निस्किएका साढे चार सय कैदी बन्दी मध्ये अझै १९३ कैदी बन्दी भने फरार रहेका छन् ।
लमजुङमा डेङ्गु सङ्क्रमणको जोखिम बढ्दै गएको छ । सदरमुकामसहित जिल्लाका विभिन्न भागमा डेङ्गु संक्रमितहरु बढ्दै गएका हुन् ।
बागमती प्रदेशमा सम्पन्न भएको सचिवहरूको बैठकले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा मन्त्रालय, निकाय तथा मातहतका कार्यालयहरूमा भएको क्षतिको विस्तृत विवरण असोज ५ गतेभित्र अनिवार्य रुपमा पेस गर्न निर्देशन दिएको छ ।
रौतहटका चार वटा स्थानीय तहको आर्थिक कारोबार बन्द भएको छ ।
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय दुबईमा रोजगारी गर्दै आउनुभएको थियो । विसं २०७६ मा बुबाको निधन भएपछि स्वदेश फर्किएका उहाँले पुनःरोजगारीका लागि दुबई जाने निधो गर्नुभयो ।
हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेकोे छ । यतिबेला पश्चिम नेपालका नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोक–चोकमा सजाएर राखिएको कर्णालीको जुम्ली स्याउले जो कोहीको मन तान्ने गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
बाँकेका विभिन्न पानी जम्ने खाल्डा, नाला, तलाउ तथा जलीय कुण्डमा पाइएका जङ्गली धानको प्रजातिको पहिचान भएको छ ।
आज सुनको मूल्य तोलामा एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।
अविरल वर्षासँगै दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा–८, छिस्तीको बेलबगरस्थित चौरीखोलामा पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्व भएको छ ।
जायद क्रिकेट रङ्गशालामा मङ्गलबार राति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई आठ रनले हरायो ।
सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाहरूमा आज धार्मिक श्रद्धा र सांस्कृतिक उत्साहका साथ बुढी पोल्ने पर्व मनाइँदैछ ।